नेकपा नेताहरुद्वारा घाईते घरपरिवारलाई पचास हजार राहत वितरण

कर्ण कुमाल   कालिकोट जिल्ला महावै गाउँपालिका बडा न‍‍‍ ७ कोटवाडामा हिजो घर भत्किएर मृत्यु र घाइते भएका घरपरिवारलाइ महावै बासी नेकपाका नेताहरूले राहत वितरण गरेका छन्।

नेकपा महावै गाउँ कमिटीको पहलमा नेकपा पार्टी कमिटीका महावैबासी नेताहरु मनराज शाही , भकम सिह‌,टाेप बहादुर शाही चित्रसिंह गाउँले,सर्पराज सिंह,कृष्णकला शाही लगाएतका नेताहरूले घाईतेपरिवारको लागि रु ५००००पचास हजार नगद सहित अन्य उपचारमा रहेका बिरामी सबैलाई फलफुलहरु वितरण गरेका हुन ।

घर भत्किएर मृत्यु हुने गणेश महतारा र संगीता महतारा तथा घाइते भावना भण्डारी,सुकी महतारा,मञ्जु महतारा र हिक्मत महताराको परिवारलाई जिम्मेवार नेताहरु बाट संकलित राहत गाउँ कमिटी अध्यक्ष खडक बहादुर सिंह मार्फत पीडित परिवारकी मिमकोशा महतारा लाइ हस्तान्तरण गरिएको हिक्मत सिहंले जानकारी दिनुभयो।

दुर्गाप्रसाद काफ्ले,पदमबहादुर सिंह लगाएतका नेकपा नेताहरू घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका थिए भने घटनास्थलमै पुगेर पार्टीको वडा कमिटीबाट उद्धार र राहतका कार्यक्रम जारी रहेको नेकपा महावैले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!