उद्धारमा खटिदै उपाध्यक्ष बुढा ।।
उचित राहतको व्यवस्था सहित सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउदै उपाध्यक्ष बुढा ।। नरहरीनाथ गाउपालीाका उपाअध्यक्ष मनासोभा वुढाले पहिरोमा पहिरोमा परि ज्यान गुमाउने प्रति दुख ब्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयोअत्यन्तै दुखद खबर हाम्रो यस नरहरिनाथ गाउपालिका वडा न ७ र ४ मा गत राती अविरल बर्षा का कारण भीषण पहिरोले घर बगाउदा वडा न ७ बागा निवासी यकै घरका गगे बुढा, नैना बुढा, कुसा बुढा राम बुढा, चन्दृका बुढा चरित्र बुढा बिमला बुढा र वडा न ४ निबासी मना बुढा र बाले बुढा को दुखद निधन भयको छ।मृतक प्रती हार्दिक श्रदान्जली व्यक्त गर्दछु सोकाकुल परिवार मा समेत गहिरो संबेदन प्रकट गर्दछु साथै उहाँ मृतकहरुको हामी गाउपालिका बाट डाक्टर सहित सुरक्षा कर्मिको टिम सम्बन्धी ठाउमा पुगि पोस्टमाटम प्रहरी मुचुल्का सहित अन्तिम दाहसंस्कार भयको छ।नरहरिनाथ ४ गोठी दलित बस्तिका द्दछ घरधुरी अति जोखिम हुदा ज्ञघछ जना सोहि वडाको निल्कन्ठ प्राबी गोठिमा राखियको छ ।त्यस्तै यो पालिकाको बागा भाटगाउ काफ्ला पाङ्ग्र अदेला सितला गरि करिब ४ सय घरपरिवार र बस्ती पहिरोको कारण अति जोखिम रहेको छ ।यो कठिन परिस्थितिमा मानबिय क्षति बाट बच्नु र बचाउनु पहिलो प्राथमिकता हुदा तत्काल पालिका मा केन्दृत बैठक बस्नु पुर्ब प्रत्यक वडा अध्यक्ष देखी सद्स्य ज्यु हरुले आआफ्नो वडा मा उद्घार मा जुट्नको लागी हार्दिक अपिल सहित अनुरोध गर्दछु। तत्काल वडा को सम्भाबित जोखिम बस्तिलाइ बिधालय वा अन्य सुरक्षित ठाउमा राख्न अनुरोध गरिन्छ ।उनिहरुको खाद्यान्न र अन्य राहत को लागी गाउपालिकाले प्रकृया तत्काल बढाउने छ ।यो बिपत को बेला आम नरहरिनाथ बासिले नआति आ आफ्नो ठाउमा सुरक्षित रहन समेत अनुरोध गरिन्छ। यो कठिन परिबेससमा हामी सबै सरोकारवाला उद्घारमा जुटौ।