जिल्लाका अधिकाँस गाउँ पहिरोको उच्च जोखिममा ।

कालीकाेट जिल्ला रास्काेट नगरपालीकामा निरन्तर अविरल वर्षाले कालिकोटका विभिन्न ठाउँमा आएको पहिरोमा परि एकैदिन ६ जना बेपत्ता भएका छन भने, एक जनाको मृत्यु भएको छ । गयराति आएको भिषण पहिरोमा परि रास्कोट नगरपालिका वडा नं १ लहरेला, बडाल्तोला निवासि जयबहादुर शाहीको घर बगाएर एकै परिवारका चार जना र एक छिमेकि गरि पाँच जना पहिरोमा बेपत्ता भएका छन । बेपत्ता उनिहरुको सव निकाल्न नेपाल प्रहरि, स्थानिय वासि, स्थानिय जनप्रतिनिधिहरु लागिरहेको छन । अहिले पनि ठुलोपहिरोमा निरन्तर वर्षा भइरहेकाले बेपत्ताहरुको सव निकाल्न सम्भव नरहेको नगर उप —प्रमुख मिमसरा वमले बताईन ।

पहिरोमा बेपत्ता भएका ५० वर्षिय जयबहादुर शाही,१६ वर्षिय उनकी छोरि संगिता शाही, कौशि शाही, उनका छोरा नविन शाही र घरमा वस्नआएकी छेमेकि अस्मिता शाही रहेको सव मृत्र भेटिएको छ प्रहरिले जनाएको छ । यस्तै गयरातिनै सोहि वडाको तुसार खोला भन्ने ठाउँमा पहिरो आउदा टेक बहादुर टमटाको घर बगाउदा घरमा वस्न आएकी १६ वर्षिय वेलपुरा शाहीको ज्यान गएको प्रहरिले जनाएको छ । घर गुमाएका टमटाकी श्रिमति र उनि गम्भिर घाईते भएको प्रहरि निरीक्षक यक्षराज जोशिले बताए । गयरातिनै कर्णाली राजमार्गको तिलागुफा नगरपालिकाको टाकुल्ला खोलमा एक जनालाई खोलालले बगाएर बेपत्ता रहेको जनाइएको छ । हिजो रातिनैै वर्षाले जिल्लाको रास्कोट नगरपालिका र पचालझ्रना गाउँपालिकाको सिमानामा पर्ने फुगाडको वेलिव्रिज पुल पनि खोलाएर बगाएको छ, यस्तै रास्कोटकै शान्तिघाटको झुलंगेपुल र विलिव्रिज पुलपनि पहिरोले एक साइड गएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका रणसुर गुल्मका गुल्मपति उत्तम कटुवालका अनुसार, खोला बढेर भत्किएका तिनवटै पुलको अवस्था वुझ्न सेनाको टोलि पठाईसकेको बताए ।

ठाउँठाउँका पुल खोलाले बगाउँदा कर्णाली करिडोरमा संचालन मा आउने सवारि साधनहरु पनि संचालनमा आउन सकिरहेका छैनन ।यसैगरि जिल्ला विपद व्यवस्थापन समितिका अनुसार, अझै जिल्लाका अधिकांस ठाउँमा पहिरो आउन सक्ने भएकाले खोलाको किनारामा घरबनाएर बसिरहेका नागरिक , कर्णाली नदिको छेउछाउमा बसोवास गर्ने व्यापारि र पहिरोको जोखिममा रहेका नागरिकलाई सम्बन्धित स्थानिय तहले सुरक्षित स्थानमा राख्न समेत आग्रह गरेको छ ।

अधिकांस गाउँ पहिरोको उच्च जोखिममा
वषौँदेखि पहिरोको उच्च जोखिममा रहेको पचालझरना गाउँपालिका वडा र्न ३ खादुको पहिरो फेरि फुट्न सुरु गर्दा गाउँनै त्रायासमा रहेको स्थानिय तुलाराज कठायतले जानकारि दिएका छन । २०५८ मा आएको भिषण पहिरोले मानविय क्षति नगरेपछि गोठखरक देखि पशुचौपाय र सयौँ विगा जमिन लगेको थियो । फेरि निरन्र्तरको वर्षाले पहिरो फुट्न सुरु हुँदा गाउँनै त्रायासमा रहेको कठायतले बताए । उनले भने, ‘ दिनमा अन्तै ठाउँमा जान्छौ, रातिको वेला पहिरोको डरले, सवै गाउँले जमघट भएर एकैठाउँमा त्रायासै त्रायासमा वस्छौ,। स्थानिय तहको वजेटले पहिरोको नियन्त्रण गर्न नसक्ने भन्दै पटक पटक प्रदेश र संघिय सरकार संग गाउँनै उप्केर वृहत तटवन्दनको माग गर्दा अहिले सम्म योजनानै नपरेको उनले बताए । सानो बजेटले पहिरो नियन्त्रण गर्न नसक्ने भन्दै प्रदेश सरकार संग पहिरो नियन्त्रणको लागि फेरि पनि ध्यानआकर्षण गर्नेे बताए । यस विषयमा गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले, यसअघि पछि योजना त आयो तर, पहिरो नियन्त्रण गर्ने योजना नआएकाले प्रदेश र संघिय सरकार संग माग गर्ने बताए ।

यस्तै निरन्र्तरको अविरल वर्षाले जिल्लाको रास्कोट नगरपालिका वडा नं ३ को सागटियाँ गाउँ पहिरोको उच्च जोखिममा रहेको वडापालिकाल जनाएको छ । गयराति सागटियाँ गाउँको तलवाट भिषण पहिरो आउदा गाईभैँसि राख्ने गोठ, खरक र पानि घट्ट लिनुका साथै सयौँ विगाजमिन पहिरोले लिएको वडाध्यक्ष देउसिंगे कुमालल बताए,। गाउँनै पहिरोको उच्च जोखिममा हुँदा वडा पालिका द्धारब खोला नजिकैका १० वटा घरलाई सुरक्षित स्थानमा सारिएको वडाअध्क्ष कुमालले जानकारि दिए । यसैगरि रास्कोटकै तुसार खोलामा आएको पहिरोले गाउँनै पहिरोले लिने भएकाले रास्कोट नगरपालिका र नेपाली सेनाको पहलमा १६ घरधुरिका ५८ जना लाई विद्युत हावसको भवनमा सुरक्षित स्थानमा सारेको जनाएको छ ।
यस्तै जिल्लाकै नरहरिनाथ गाउँपालिका माल्कोटको पहिरो पनि फेरि फुट्न सुरु भएको छ । पटक पटक आएको पहिरोले यस भन्दा अगाढि धेरैको ज्यान लिएको पहिरो फेरि फुट्न सुरु भएको स्थानियले जनाएका छन । स्थानियका अनुसार,कतिवेला पहिरोले गाउँनै लिन्छ, थाहा छैन, पानि परेको वेला गाउँनै त्रायासमा भइरहने स्थानिय देउसिंगे कामिले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!