हाडजोर्नीको निशुल्क उपचार गरेर डा. गोविन्द केसी कालीकोटमा
कालीकोटः सुदुरपश्चिमका विभिन्न पहाडि जिल्लामा हाडजोर्नीको निशुल्क उपचार गरेर डा. गोविन्द केसी कालीकोट आइपुगेका छन् ।सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी जिल्लामा रहेका नागरिकलाई निशुल्क सेवा दिनका लागि डा. केसी अहोरात्र खटिएका छन् । सुदुरपश्चिमका विभिन्न जिल्लामा गएर उपचार पछि डा. केसी कालीकोट आइपुगेका हुन् ।
कालीकोट जिल्लाको स्वास्थ्य सेवा कार्यालयमा भोलीदेखि डा. केसीले हाडर्जोर्नीको सेवा सुरु गर्ने बताएका छन् । उनले भने, आफु जागिरे जिवनबाट रिटार भइससेपछि काठमाण्डौमा बस्न मन लागेन म विभिन्न हिमाली तथा पहाडि जिल्लामा गएर सेवा दिने गरेको छु सोहीको शिलशिलामा कालीकोटमा आएको हुँ ।’
अछामबाट हिडेर कालीकोट आइपुगेका केसीले कालीकोटका नागरिकलाई हाडर्जोनीको निशुल्क उपचार गर्ने बताए । अछामको बयालपाटमा रहेको अस्पतालमा निशुल्क उपचार गर्दै गदा कालीकोटमा एक जना विरामीलाई हाडजोर्नी रोगको समस्या भएको कुरा थाहा पाएपछि डा. केसी कालीकोट आएका हुन् । उनले भने, ‘कालीकोट पहाडि क्षेत्र भएकाले यहाँ धेरै नागरिकहरु भिरबाट लड्ने भएकाले उनीहरुलाई हाडजोर्नीको समस्या हुने हुदा आफुले कालीकोटमा आएर सेवा दिन लागेको छु ।’
कुनै पनि स्थानमा कति दिन बस्ने भन्ने आफुलाई नै जानकारी नहुँने डा. केसीले बताए । उनले भने, विरामीको चाप हेरेर कालीकोट बस्ने हो त्यसपछि कुन ठाउँ जाने भन्ने समेत पनि थाहा छैन । अव कालीकोटमा विरामीको चाप हेरेर कालीकोटमा सेवा दिने छु । ekarnalipati.com/बाट साभार