तिब्गाड मोहोर औला चौर तडबन्धनले तिब्रता पायो।
नमराज न्यौपाने कालिकोट जिल्ला पलाँता गाउँ पालिका स्थीत बालुवामा बर्खा लागेर खोला धमिलिँदै गएपछि पलाँता ९ बालुवाका सर्वसाधारणको त्रासको पारो उकालो लाग्दै जान्थ्यो । हरेक वर्ष बाढीले दुःख दिने पलाँता ९ बालुवामा यसको स्थायी नियन्त्रण उपाय नहुँदा त्रास हरेक वर्ष दोहोरिने गरेको थियो । हरेक बर्ष बर्खायाम सुरु भए संगै खोलामा आएको बाढीका कारण खेत भत्काउने गरेको छ । कालिकोट जिल्लाका बिभिन्न भाग ढुवानमा पर्ने गरेको छ । जस्का कारण हजारौ परिवार बिस्तापित हुनुका साथै मानवीय क्षतिसमेत हुने गरेको छ । यसपटक पनि बर्खायाम सुरु भैसकेको छ । आकाशमा मडारिएको कालो बादल र गड्याङगुडुङको आवाजले उनीहरुलाई निन्द्रा लाग्न छोडिसकेको हुन्थ्यो । स्थानिय सरकारको चुनाब पछी पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छाले अहीले तडबन्धन लाई तिब्रता दीदै आउनु भएको छ । गाउपालिका विपद् को हिसावले उच्च जोखीममा रहेको बताउदै गाँउपालिकाको तिब्गाड मोहोर औला चौर तडबन्धन प्रदेश सरकारको आयोजनामा ३० लाखको रकम रहेको जानकारी दीनुभयो । १५८ जालि भरी काम सम्पन्न भएको खानेपानि तथा सिचाई कार्यलय कालिकोटका प्राबिधिक चरीत्र शाहीले अनुगमन गर्नुभएको समिती अध्यक्ष पदम बहादुर बमले जानकारी दीनुभयो । त्यस्तै माथिल्लो दाम्रीगाड ३० लाख, तल्लो दाम्रीगाड ३० लाख, बुहासे तडबन्धन २० लाख र चामकोटी तडबन्धन १० लाखको योजना रहेको पलाँता गाउँ पालिका अध्यक्ष बम पलाँतीकान्छाले जानकारी दीनुभयो ।