नरहरीनाथ गाँउपालिका वडा नं. ७ दुदुलीमा पहिरो जाँदा एक जना महिलाको मृत्यु ।।


कालिकोट जिल्लाको नरहरीनाथ गाँउपालिका वडा नं. ७ माल्कोटको लेकाली क्षेत्र दुदुलीमा पहिरो जाँदा एक जना स्थानिय महिलाको ज्यान गएको छ । माल्कोटका स्थानियको भैसी चराउने लेक दुदुलीमा शनिबार पहिरो जाँदा स्थानिय ३५ बर्षिया तुला बटालाको ज्यान गएको हो । भैसी गोठालो गएकी बटाला पानी लिन जाँदै गर्दा पहिरोसँगै बगेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका प्रमूख डिएसपी श्यामबाबु ओलीयाले जानकारी दिए । उनका अनुसार उनी भैसी गोठबाट पानी लिन जाँदा बीचबाटोमा पहिरो खसेर पहिरोसँगै बगेकी थिईन् । उनको घटना स्थलमै मृत्यू भएको र प्रहरी चौकी कुमालगाँउबाट घटना स्थलमा प्रहरीको टोली पठाएर मृतक बटालाको सब पोष्ट मार्टमका लागि जिल्ला अस्पताल ल्याईएको छ । शुक्रबार बेलुकीदेखी आएको निरन्तर बर्षका कारण कालिकोटको जनजीवन प्रभावित बनेको छ । यस्तै शनिबार आएको पहिरोले नरहरीनाथ गाँउपालिका वडा नं. ७ को वडा कार्यालय पनि पुरिएकोे छ । प्रहरी प्रमूख ओलीयाका अनुसार माल्कोटको गाँउमा रहेको ६ कोठे वडा कार्यालयको भवन पहिरोले पुरिएको छ । भाडामा रहेको वडा कार्यालय पहिरोले पुरिएपछि वडा कार्यालयमा भएका जेन्सी सामानहरु पनि पुरिएको छ । यस्तै जिल्लाको तिलागुफा नगरपालिकाबाट जिल्ला सदरमुकाम आउदै गर्दा भैसी गौडामा भीरबाट खसेको ढुंगा लागेर मोटरसाईकल चालक गम्भीर घाईते भएका छन् । चालक तीलागुफा वडा नं. ३ बस्ने मनीकृष्ण न्यौपानेलाईको उपचारका लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!