पलाता सरकारको टिम आइशोलेसनमा फलफूल वितरण गदै

कालिकोट जिल्लामा पछिल्लो समयमा कोरोना संक्रमित बढ्दै गएपछि आइशोलेसनमा केही फलफुल र सामान लिएर पलाता गाउँपालिका अध्यक्ष लक्षमण ब. बम र उपाध्यक्ष दाना न्यौपाने वडा नं २ का वडा अध्यक्ष बिरि बि.क वडा नं. ४ का वडा अध्यक्ष ऐन राज महतारा एबं पलाता सरकारको टिम आइशोलेसन भवनमा पुग्नु भएको हो । जिल्लाको पलाँता गाउँपालिका टोली उपाध्यक्ष दाना न्यौपानले कोरोना संक्रमितलाई फलफूल वितरण गरेकी छन् । कालिकोटको कोरोना अस्पतालका २९ जना संक्रमितहरुलाई केरा, अनार, आँप, फुट्री लगाएतका फलफूल वितरण गरेकी हुन् ।

गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमको नेतृत्वमा गएका पालिकाका जनप्रतिनिधीहरुले विरामीहरुलाई कुनै किसीमको डर, त्रास नमान्न भनि भरोसा दिएका छन् । कोरोनाले विश्व त्रसित भएको बेला मनोवल बढाएर आत्मविश्वास लिने काम गर्दा पनि कोरोना टाढा हुने पालिका उपाध्यक्ष दाना न्यौपानेले बताइन् ।उनले कालिकोटमा उपचाररत सम्पूर्ण कोरोना संक्रमितहरु हालसम्म सुरक्षीत रहेकाले आफूभित्र पनि दुरी कायम गरेर बस्न आग्रह गरिन् । यस्तै, वडा नं। ४ का वडाध्यक्ष एैनराज महताराले क्वोन्टाइनबाट गएका एक जनाको कालिकोटमा मृत्यु भएपछि समाज झन त्रसित बनेको बताए । यसैले सबैले आफ्नो सुरक्षा गरेर आइशोलेसनमा बस्न सुझाव उनले दिएका छन् ।

पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले कोरोनालाई रोकथाम तथा नियन्त्रण गर्नका लागि नेपाल सरकार नै लागीपरेकाले सवैले सरकारको नियम, कानून मान्नुपर्ने बताए । फलफूल वितरण कार्यक्रममा पत्रकार महासंघ कर्णाली प्रदेशका सचिव पवित्र कुमार शाही, प्रेस संगठन कालिकोटका इन्चार्ज भरतराज विष्ट लगाएको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!