स्वास्थ रुपान्तरण रेडियो कार्यक्रम कालीकोटमा प्रभावकारी बन्दै

कर्ण कुमाल कालीकोट

नेपाली युवाका लागि स्वास्थ रूपान्तरण परियोजना किशिरि तथा युवती समूह लक्षित स्वास्थ रूपान्तरण रेडियो कार्यत्रम कालिकोटका दुई बटा सामुदायिक रेडियो कार्यत्रम संचालन भईरहेका छन ।सेभ द चिल्ड्ने किर्डाक नेपाल कालीकोट द्धारा सञ्चालीत नेपाली युवाहरुका लागि स्वस्थ रुपान्त्रण परियोजनाले आफ्ना पुर्व निधारित कार्यक्रमलाई रेडियो मार्फत समुदाय सम्म पुगाउन सुरु गरेको हो । कोरोनाको त्रासले गर्दा समुहमा सचेतना जोगाउन समस्या भएकाले रेडियो मार्फत जानकारी गर्न थालिएको छ ।

कोरोना सङ्क्रमण रोक्न सरकारले गरेको वन्दावन्दीले गर्दा समुहमा गएर सुरक्षित मातृत्व, परिवार नियोजन, किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य, सम्बन्धिका अत्यावश्यक सुचना, तथा परामर्श सेवालक्षित बर्ग सम्म पुगाउन नसकिने भएकाले रेडियो मार्फत किशोरी तथा युवति समुहलक्षित“स्वस्थ रुपान्तरण” रेडियो कार्यक्रम सञ्चालन गरेर सचेतीकरणको अभियानलाई निरन्तरता दिईरहेको कार्यक्रम संयोजक अमर नेपालीले वताउनुभयो ।

उहाँले वन्दावन्दीमा समुह समुहमा छलफल गर्न नसक्ने भएकाले जिल्लाका दुईवटा समुदायिक रेडियोको माध्यमवाट आफ्नो अभियानलाई जारी राखेको वताउनुभयो । समुहमा आवद्घ भएका किशोरी तथा युवतीहरुका लागि स्वास्थ रुपान्तरणका वारेमा पाठ्यक्रममा आधारीत रहेर रेडियो कार्यक्रम संचालन गर्ने, बन्दाबदीको अवस्थामा समुहका किशोरी तथा युवतीहरुको प्रजनन स्वास्थ्य सम्बन्धी सूचनाप्रवाह गर्न,कोरोना भाईरस रोग ९कोभिड– १९० रोगथाम सम्बन्धी जन चेतनामुलक सन्देशहरु प्रसारण गर्ने तथा परियोजनाको विषयमा केन्द्रित भएर सहभागिका जिज्ञासा हरुको समाधान गर्ने रेडियो कार्यक्रम प्रभवकारी भएको खाडाचक्र नगरपालीका उपप्रमुख बिजया बिष्टले वताउनुभयो ।


जिल्लामा रहेको रेडियो नयाँ कर्णाली र रेडियो प्रदेश आवाजवाट कार्यक्रम प्रशारण भईरहेको समुहमा सहजकर्ताले पनि जानकारी दिएकाले समुहमा रहेका किसोरीहरुले सुन्ने गरेको खाडाचक्र नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख रबिन्द्र सेजुवो वताउनुभयो । सानै उमेरमा हुने बिवाह र त्युपछिको गर्भाधारणले गर्दा किशोरीमा पार्ने, असर, परिवारमा हुने द्धन्द्ध, सानै उमेरका गरेको विवाहले उनिहरुको जिवनमा पार्ने दिर्घकालीन असरका वारेमा रेडियोे मार्फत जानकारी गरिदै आएको छ ।रेडियो कार्यक्रम नियमित सुन्ने जो सुकैले आफ्नो स्वास्थ्यमा बिषेश ध्यान दिन सक्ने आफुले अनुभव गरेको पछिल्लो समयमा रेडियो मार्फत कार्यक्रम आउन थालेको वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!