लालिघाट बजार नजिकै जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका १ लालिघाट बजार नजिकै खाद्यान्न बोकेको जीप दुर्घटना भएको छ । लालिघाटबाट नरहरिनाथ गाउँपालिकामा खाद्यान्न लिएर गएको कर्णालि प्रदेश ००१ ज ३० नं जीप दुर्घटना हुँदा चालक डब्बल शाहीको घटनास्थलमै मृत्यु भएको साथै एकजना घाइते भयको स्थानीय वसन्त बुढाले जानकारी दिए ।

उनका अनुसार रारा मानसरोवर यातायात प्रालीद्वारा संचालित जीप खाद्यान्न लिएर लालिघाट बजारबाट नरहरिनाथ गाउँपालिका जाँदै गर्दा कर्णाली करिडोर निर्माणमा खटिएको नेपाली सेनाको क्याम्प नजिकै दुर्घटना हुँदा करिब ३ सय मिटर तल खसेको छ ।

शाही सो जीपका मालिक हुन्। उनी जिल्लाको रास्कोट नगरपालिका १ निवासी हुन्। भर्खरै डोजरमार्फत निमार्ण गरिएको उक्त सडकको स्थानीय प्रशासनले रुड प्रमिड पनि दिएको छैन नरहरिनाथ गाउपालिका वडा नम्बर 3 निवासि पूणप्रसाद उपाध्यायको जिल्लको स्वास्थ्य सेवा कार्यालयमा उपचार भईरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!