चौरजहारी घटनाको कालीकोटको पलाँतामा विरोध प्रदर्शन

नमराज न्यौपाने पलाँता कालिकोट
पश्चिम रुकुमको चौरजहारीमा भएको नरसंहार विरुद्ध मंगलबार कालिकोटको पलाँतामा प्रदर्शन गरिएको छ । स्वतःस्फूर्तरुपमा दलित नागरिक अगुवा, मानवअधिकारकर्मी र आमनागरिकको सहभागितामा जाजरकोटका नवराज विक सहितको हत्याको छानविन गरी दोषीलाई कारबाही माग गर्दै प्ले–कार्ड सहितको विरोध प्रदर्शन गरिएको छ । रुकुम हत्यामा संलग्नलाई कारबाही गर’, ‘जातीय विभेदमाथिको बर्बरता कहिलेसम्म,’ ‘दलितमाथिको विभेद अन्त्य गर,’ ‘पीडितलाई न्याय दे,’ अजित मिजार, नवराज विक जस्ता दलित हत्या कहिलेसम्म रु जस्ता प्लेकार्ड सहित अधिकारकर्मी, आमनागरिक प्रदर्शनमा उत्रिएका थिए । पलाँता क्षेत्रमा सामाजिक दूरी कायम गर्दै मौन रुपमा प्लेकार्ड लिएकाहरुले जातीयताका नाममा हुने विभेद स्वीकार गर्न नसकिने भन्दै संविधानको रक्षा गर्न सरकारको ध्यानाकर्षण गराए ।

करबिर बि क दलित संजाल समुह संयोजककोेमा रुकुम घटना जातीयताकै कारण भएको दक्षिण एसियाकै ठूलो नरसंहार भएको भन्दै अब अन्याय सहन नसक्ने बताए । उनले दरबार वा मन्त्रालयमा बसेर रुकुम घटनामा संलग्न दोषीलाई संरक्षण गर्न खोजिएपछि पलाँताका आमनागरिक लकडाउन हुँदा पनि बाध्य भएर सडकमा उत्रिन बाध्य भएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न माओवादी जनयुद्धको चौरजहारीमा सामूहिक रुपमा हत्या गरिनु निकै ठूलो लज्जाको विषय भएको उनले बताए । उनले रुकुम घटनामा भएको अवस्थामा राजनीतिक संरक्षण भए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । दलित अभियन्ता दीपेन्द्र बि।क ले दलित समुदायमाथि रुकुम पश्चिमको घटनाले मानव हुनुकै अर्थ बिर्साएको भन्दै दोषीले न्याय नपाउँदासम्म निरन्तर आन्दोलन गर्ने जानकारी दिए ।

भेरी नगरपालिका–४, जाजरकोटका नवराज विक गत शनिबार रुकुम पश्चिम चौरजहारी सोती गाउँकी मल्ल थरकी एक युवतीलाई विवाह गर्न भन्दै लिन पुग्दा गाउँलेको सामूहिक आक्रमणबाट हत्या भएको दाबी गरिएको छ । घटनामा हालसम्म नवराज सहित ५ जनाको शव भेटिएको छ । अझै १ जना बेपत्ता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!