स्वास्थ्य सेवा कार्यालय कालिकोटलाई प्लान नेपालले स्वास्थ्य सामाग्री दिए

स्वास्थ्य सेवा कार्यालय कालिकोटलाई प्लान नेपालले स्वास्थ्य सामाग्री दिएको छ । मानवअधिकार तथा वातावरण विकास केन्द्र ९हुरेन्डेक० नेपालको प्राविधिक सहयोग र प्लान ईन्टरनेसनल नेपालको आर्थिक सहयोगमा सात हजार, सर्जिकल ग्लब्स, सात हजार पिस सर्जिकल मास्क, ६ सय पचास पिस एननाई्नटि ५ मास्क, ८५ सेट पिपिई, ६५ वोतल सेनिटाइजर र १० पिस ज्वारो नाप्ने थर्मामिटर कार्यालयका प्रमुख डा। भीष्म पोख्रेरेलाई हस्तान्तरण गरिएको प्लान नेपालका कार्यक्रम संयोजक शुर्य रोकायाले जानकारी दिए ।

स्वास्थ्य सामाग्री बुझ्दै प्रमुख डा। पोख्रेलले जिल्लामा अहिले, स्वास्थ्य सामाग्रीको अभाव थियो यति सामानले ९ वटै स्थानिय तह र प्लान कार्यक्रम लागू क्षेत्रको लागि ठुलो सहयोग हुने बताए । औजार उपकरण बिनै नागरिकको स्वास्थ्य परिक्षण गर्नु परिरहेको अवस्थामा प्लानको सहयोगले ठुलो राहत पुग्ने बताए ।

यस्तै हुरेन्डेकका उपाध्यक्ष बिरेन्दबहादुर वुढाले, कोरोना भाइरस संक्रमण हुन नदिन आफ्नो संस्थाले स्थानिय सरकार र स्वास्थ्य सेवासंग संमन्वय गरी विभिन्न खालका कामहरू गर्दै आइरहेको जानकारि गराए । यो भन्दा अघि पनि प्लानले जिल्लाका तीन वटा स्थानिय तहका अतिविपन्न र असाहायलाई नगद राहत वितरण गरिसकेको पनि जानकारी दिए । क्वारेन्टाइनमा बसेका नागरिकहरूको अवस्था बुझी उनीहरूलाई पनि लत्ता कपडा सहयोग गरेको बताए ।

हुरेन्डेकका सचिव दिलिप कुमार शाहिले सो सामान हस्तान्तरण गरेका थिए । सामाग्री हस्तान्तरणमा प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द पौडेलले विपत र संकटको बेला गरेको सहयोग सर्हानिय रहेको बताए । विपत व्यवस्थापन समितिसंग समन्वय गरी सहयोग गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!