सामाजिक दूरी कायम भयो भने मात्र कोरोनाबाट बच्न र बचाउन सकिन्छ

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन (अनेरास्ववियू) कालिकोट शाखाको आयोजनामा कालिकोटमा गोलघेरा बनाइएको छ । धेरै भीडभाड हुने ठाउँहरुमा सामाजिक दूरी कायम गर्न १ मिटरको दूरीमा गोलघेरा बनाइएको हो ।विश्वव्यापी महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) लाई रोकथाम तथा नियन्त्रणमा विद्यार्थि युवा नेताहरु लागीपरेका छन् ।

अनेरास्ववियू कालिकोटका जिल्ला कमिटि सदस्य मिनराज न्यौपानेको नेतृत्वमा जिल्ला कमिटि सदस्य रमेश विक्रम शाही (चरी) हिक्मत धमाला र पारस शाहीको विशेष पहलमा नयाँ काम थालिएको छ । जिल्ला कमिटि सदस्य मिनराज न्यौपानेले कालिकोटमा सञ्चालनमा रहेका बैंक, वित्तिय संस्था, खाद्यान्नका पसलहरु, तरकारी पसल लगाएतका ठाउँहरुमा सामाजिक दूरी कायम गराउन सदरमुकाम मान्ममा गोलघेरा बनाउने अभियान थालिएको हो ।

यस्तै, युवा नेता रमेश विक्रम शाहीले बढ्दै गएको कोरोना भाइरस कर्णाली प्रदेशमा पनि देखिएकाले सबै सतर्क रहन र लकडाउनको पालना गर्न अनुरोध गरे । उनले भने, ‘सामाजिक दूरी कायम भयो भने मात्र कोरोनाबाट बच्न र बचाउन सकिन्छ ।’ विश्व संकटमा परेका बेला बृद्धिजिवी, कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगाएत सबैले नागरिकहरुलाई हौसला दिनुका साथै सकरात्मक सन्देश सुनाउँदै कोरोनाबाट बच्न र बचाउन सबैको पहल रहने अनेरास्ववियू कालिकोटका विद्यार्थि नेताहरुको भनाइ छ ।

बुधबार राष्ट्रिय बाणिज्य बैंक, सानीमा बैंक, एनआइसी एसिया बैंक, ग्लोवल बैैंकलगाएतका बैंकहरुमा गोलघेरा बनाइएको छ । निरन्तर सञ्चालनमा रहेका खाद्यान्नका पसल तथा तरकारी पसलमा पनि गोलघेरा तयार गरिएको छ । भीडभाड नहुने गरी गोलघेराभित्र उभिएर सेवा लिनसमेत अनेरास्ववियू कालिकोटले अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!