पलाँता गाउँपालिकाले तिन सय बेडको क्वारेन्टाइन निर्माण ,ब्यबस्थापनमा कमि हुन दिन कर्मचारीलाई अध्यक्ष बमकाे निर्देश

कोरोनाको कहर दिनप्रतिदिन बढ्दै गएपछि यसलाई रोकथाम गर्न तथा कोरोनाबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै पलाँता गाउँपालिकाले तिन सय बेडको क्वारेन्टाइन निर्माण गर्ने भएको छ । पलाँता गाउँ पालिका ९ स्थित सरस्वती मा बी तथा पलाँता गाउँ पालिका ७ खीर्पीमा रहेको सार्वजानिक भवनमा यी दुई स्थानमा तिन सय बेडको क्वारेन्टाइन बनाइसकेको पलाता गाउँ पालिकाका निमीत्त प्रमुख प्रसासकीय अधिकृत राज बहादुर बमले बताउनु भयो। पलाँता गाउँ पालिकामा भारत सिमाबाट उद्धार गरी ल्याइएका र भारतबाट आउने ब्यक्तिहरुबाट कोहोराको कहर बढ्न सक्ने भन्दै गाउँ पालिकाका निमीत्त प्रमुख प्रसासकीय अधिकृत राज बहादुर बम नियमित रुपमा दिनरात खटिरहनु भएको छ। अहीले पलाँता गाउँ पालिकाका नाका पुर्ण रुपमा सिल गरिएको छ भने यस गाउँ पालिकाको नागरिकहरुको लागी २४ घन्टा नै पलाँता सरकार तयारी अवस्थामा रहेको गाउँ पालिका अध्यक्ष बमले बताए संगै गाउँ पालिकाले गाउँ वासिहरुको सहयोगको लागि २ वटा फोन नम्बर सार्वजनिक गरेको छ । गाउँ पालिका बासिहरुलाई कोरोना विशेष कुनै जानकारी लिनिदिनु परे गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम ९८५८३९००३४ त्यस्तै पलाँता बिपद ब्यबस्थापन समिती प्रमुख बिअ राज बम ९७४८९२४५१८ मा सम्पर्क गरि कुनै पनि सुचना वा समस्या राख्न सकिने प्रमुख बमले बताउनु भयो। क्वारेन्टाइन राखिएको व्यक्तिहरुलाई खाना तथा नास्ताको व्यवस्था गाउँ पालिकाले नै गर्ने छ। विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने गरी आचारसंहिता बनाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर बमले जानकारी दीनुभयो । विद्यालयलाई क्षति नर्पुयाइ क्वारेन्टाइन बनाउन सकिने गरी १२ बुँदे आचारसंहिता बनाइएको छ । पलाँता गाउँपालिकाको सहकार्यमा विद्यालयलाई भौतिक क्षति नपुग्ने गरी निमित्त प्रमुख प्रशासकीय अधिकृतको रोहबरमा क्वारेन्टाइन सञ्चालक समिति र विद्यालयबीच सहमति गराइने हस्ताक्षर गरिनुपर्ने संहितामा उल्लेख रहेको छ । शिक्षा शाखाका प्रमुख रण प्रसाद भट्ट पलाँता सरकारले क्वारेन्टाइन बनाउन बनाएको आचासंहिता बाहेक विद्यालयलाई प्रयोग गरेको सन्दर्भमा थप ध्यान दिनुपर्ने विषय नमूना आचार संहितामा उल्लेख गरिएको बताईएको छ । भट्टले भन्नुभयो हामीले विद्यालयलाई प्रयोग गर्दा थप ध्यान दिनुपर्ने विषय आचार संहितामा उल्लेख समेत गरीसकेको जानकारी दीनुभयो । गाउँ पालिका अध्यक्ष बमले बिहान र दिउँसो नास्ता र दुई पटक खाना को उचित ब्यबस्थापन साथै मसिनो चामल र राम्रो दालको प्रयोग गरि ओड्ने ओछ्याउने कपडाको कुनै कमि हुन नदिन कार्यकारि राज बहादुर बमलाई निर्देशन दिसकेको बताईउनु भएको छ । सिमामा अलपत्र परेकाको नेपाल सरकारको जिम्मेवारी भएकोले चाँडो उद्धारका लागि पहल गरिरहेको अध्यक्ष बमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!