क्‍वारेन्टाइन राख्ने बिषयमा बिवाद ,वडा कार्यालयमा ताला ।

कालीकोट जिल्लाको शुभकालिका गाउँपालिकामा क्वारेन्टाईन राख्ने बिषयमा बिवाद हुदा वडा कार्यालयमा ताला लगाईएको छ । शुभकालीका गाउँपालिको वडा नं ४ मा रहेको महादेव माध्यामिक बिद्यालय रारा काटियामा गाउँपालिकाले क्यारेन्टाईन राख्न खोजेपनि राख्न पाईदैन भन्दै स्थानीयले वडा कार्यालय र बिद्यालयमा ताला लगाएको वताईएको छ । गाउँपालिकाको केन्द्र राख्न माग गर्दा नराख्ने रोग भित्राउनका लागि क्वारेन्टाईन राख्न मात्र प्रयोग गर्न पाईदैन भन्दै वडाका जनप्रतिनिधिहरु पनि क्यारेन्टाईन राख्ने पक्षमा नरहेकाले नागरिकले आड पाएर वडा कार्यालय र बिद्यालयमा ताला लगाएको वताईएको छ । गाउँपालिकाले दिने सबै अवसर अन्त दिने भएकाले आफुले बिरोध गरेको स्थानीयले वताएका छन । यस्तो महामारीका वेला बिवाद गर्नु उपयुक्त नहुने भएपनि आफुले गाउँपालिका अध्यक्षसंग वदला लिन खोजेको वडा नं ४ का नागरिकहरुको भनाई रहेको छ ।आफ्नो माग पुरा नभए सम्म तालाा नखोल्ने बताईएको छ ।

गाउँपलिका अध्यक्ष खडानन्द्र चौलागाईले भने महामारीका वेला असयोग गर्नु जस्तो अपराध अरु केही नहुने भन्दै त्यसको बिरुद्धमा लागेका ब्यक्तिको पहिचान हुने वताउनुभयो ।वडा सरकारले कुनै अवरोध नगरेको भन्दै खुला मदिरा सेवन गर्नेहरुले आपती जनाएको वताउनभयो । गाउँपालिकाको केन्द्र आफुले चाहेर नभई गाउँ सभाको निर्णय भएको भन्दै अहिले यस्ता कुरा गरेर महामारी बिरुद्धको अभियानमा असयोग गर्नु दुखद भएको वताउनुभयो ।१३ सय नागरिक भारत लगाएत देशवाट शुभकालिका भित्रिएका र रारा काटियामा मात्र २ सय जनालाई राख्ने गाउँपालिको योजना रहेको अध्यक्ष चौलागाईले वताउनुभयो । हामी बिद्यालयको थप ब्यवस्थापन पनि यसै वेला गर्ने भएकाले बिदालय नै क्यारेन्टाईनका लागि छनोट गरेको वताउनुभयो ।

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!