पलातको घटनामा तिन सदसिय छानविन समिति गठन ,बिस्णु रोकाया इन्द्र र मान बहादुर भण्डारी लाई पार्टी बाट निलम्बन ।।
नमराज न्यौपाने
पलाता कालिकोट
कालिकोट जिल्लाको पलाता २ राडुनेटामा भयको पलाता पार्टी अध्यक्ष, वडा नंः १ का वडा अध्यक्ष र गाउँ पालिका अध्यक्ष बिचको दोहोरो झडप लाई मध्यनजर गर्दै ने क पा कालिकोट को बैठक बसि तीन सदस्यीय घटनाको छानबिन समिति गठन गरि पन्ध्र दिन भित्र घटनाको प्रतिबेदन बुजाउने र त्यहा सम्मका लागि पार्टी जिल्ला कमिटी बाट पाटीको कुनै सदस्य नहरने गरि बिस्णु बहादुर रोकाया इन्द्र र मान बहादुर भण्डारी लाई पार्टी बाट निलम्बन गरिएको नेपाल कम्युनिस्ट पार्टी ने क पा को प्रेस बिज्ञप्ति मार्फत पार्टी अध्यक्ष धनजित शाही र पार्टी सचीव नगेन्द्र शाही नेस्नलले हस्ताक्षर गर्नु भयको छ । उक्त बिज्ञप्तिमा वडानम्बर २ मा पालिकाको कामको सिलसिलामा पालिकाको बिकास निर्माण सम्बन्धि छलफल भैरहेको अबस्थामा अमानबिय ब्याबहार गरेकोमा पार्टीमा आपत्ती सहित घोर भर्सना गर्दै घाइतेको स्वास्थ्य सिघ्र लाभको कामना सहित पार्टीमा यो घटनाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।