गाउँपालिकाका प्रत्येक घरघरमा स्वास्थ्य परिक्षण।

सान्नीत्रिवेणी गाउँपालिकाका प्रत्येक घरमा स्वास्थ्य परिक्षण गर्न सुरु गरिएको छ । स्वास्थ्यकर्मीको टोलीले गाउँपालिकाका प्रत्येक घरमा गई प्रत्येकको स्वास्थ्य परिक्षण गर्ने कार्य सुरु गरेको हो ।गाउँपालिकामा बसोबास गर्ने दिर्घ रोगीहरुलाई निःशुल्क औषधि वितरण गर्दै प्रत्येक बिरामीको चेकजाँच गरिएको मेहलमुडी स्वास्थ्य चौकीका प्रमुख दिवश कुमार बमले जानकारी दिए ।शनिबारदेखी गाउँपालिकाको वडा नम्बर ५ बाट सुरु गरिएको यो कार्यक्रम गाउँपालिकाको प्रत्येक वडाका घर घरमा गएर निःशुल्क औषधी वितरण गर्नुका साथै बिरामीहरु चेकजाँच गरिने गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर शाहीले जानकारी दिए ।स्वास्थ्यकर्मीहरुको टोलीले शनिबार वडा नम्बर ५ साकेज्यूला र वडा नम्बर ६ को धामिगाउँसम्म घरघरमा पुगि भेटघाट तथा स्वास्थ्य परिक्षण गरेको छ । कोरोना भाइरसका कारण चिन्तित र त्रसित भएका ४० जना नागरिकलाई निःशुल्क औषधि बितरण गरिएको शाहिले बताए ।परिक्षणका क्रममा स्वास्थ्यकर्मीहरुले कोरोना भाइरस ९कोभिड १९० को जोखिम बढेकाले एक घरवाट अर्को घरमा नजान, धेरैको संख्यामा जमघट तथा भेला भएर नबस्न, जुनसुकै घरायसी काम गर्दा पनि दुरु कायम गरि काम गर्न, स्वस्थ खानपान प्रयोग गरि स्वास्थ्यलाई विशेष ध्यान दिन सुझाएका छन्। गाउँपालिकामा रहेका दिर्घ रोगिहरुको पहिचान र तथ्यांक संकलन गरि उनिहरुलाई निःशल्क औषधि उपलब्ध गर्ने अध्यक्ष शाहिले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!