रास्कोट नगरपालिकामा सुपथ मुल्य पसल संचालन ।।

जिल्लाको रास्कोट नगरपालिकाले सुपथ मुल्य पसल संचालन गरेको छ । कोरोना भाइरस ( कोभिड १९ ) रोकथाम तथा नियन्त्रण गर्नका लागि नेपाल सरकारले चैत ११ गते देखि लकडाउनको घोषणा गरको थियो । लकडाउन लम्वियपछि खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव हुन नदिनका लागि नगरपालिकाले सुपथ मुल्य पसल संचालनमा ल्याएको हो ।

नगरपालिकाको  आरसिपी वजारमा पसलको स्थापना गरि संचालनमा ल्याएको  हो । रास्कोट नगरपालिका र हिमचुली कृषि सहकारी संस्था लिमिटेडको साझेदारीमा रास्कोट सुपथ पसल संचालनमा ल्याई सोमबार उद्घाटन गरिएको हो ।वन्दावन्दिको समयमा दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिनका लागि रास्कोट सुपथ मुल्य पसल संचालनमा ल्याएको नगरप्रमुख काशिचन्द्र बरालले बताउनु भयो । यो समयमा अन्य वजारमा सामानको अभाव पनि हुने र गरिव विपन्न नागरिकहरुको सहजताका लागि हिमचुली कृषि सहकारी संस्थासँग साझेदारी गरि यो पसल संचालनमा ल्याएको बरालले बताउनु भयो । उहाँले अन्य स्थानिय पसलभन्दा रास्कोट सुपथ मुल्य पसलले सस्तो दरमा दैनिक उपभोग्य बस्तु विक्री गरि नागरिकहरुलाई खाद्यान्नमा कमि हुन नदिने बताउनु भयो ।

प्लान नेपाल र साझेदार संस्थाले गरिव विपन्न र मजदुरलाई वितरण गरेको नगत राहत पाएका नागरिकहरुले यसै पसलवाट सस्तो मुल्यमा सामान किनेर लिन सक्ने बताउनु भयो । उहाँले लकडाउनको समयमा काम गरेर पैशा कमाउन पनि नसकिने र भएको पैशाले पनि चर्को मुल्यमा सामान किनेर जिविकोपार्जन गर्दा धेरै दिनलाई नपुग्ने भएकाले रास्कोट सुपथ मुल्य पसल संचालनमा ल्याएको उहाँको भनाई छ ।

रास्कोट सुपथ मुल्य पसलवाट नागरिकहरुले मोटो चामल एक प्याकको रु। १ हजार ४ सय ७५, मसिनो चामल एक प्याकको १ हजार ८ सय पचास, दाल मसुरो प्रति के।जि। १ सय ५०, तोरीको तेल प्रति पाकेट ९५, स्वाविन तेल प्रति पाकेट ८५, लाइफ ब्वाई साकुन प्रति गोटा ३५ र लुगाधुने साबुन प्रतिगोटा २० रुपैँया मुल्य तोकिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!