टोलटोलमा पोसाक सहितका स्वास्थ्य कर्मि र स्वयंसेवक,जनतालाई नआत्तिन अध्यक्ष बमको आग्रह । ।

विश्वभरि महामारिको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९) लाई कालिकोट जिल्लामा कोहि पनि यसको संक्रमणमा नपरोस भनेर यसको रोकथाम तथा नियन्त्रणका लागि कालिकोट जिल्लाका ९ वटै स्थानिय तहहरु तिव्र रुपमा खटीरहेका छन । जिल्ला समन्वय समिति, स्वास्थ्य सेवा कार्यालय कालिकोट, विभिन्न गैह्र सरकारी संस्थाहरु कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा जुटिरहेका छन ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी लगायत यूवाहरुलाई कालिकोट जिल्लामा पोसाक लगायत आबश्यक सामाग्रीको अभाव रहेको छ । जिल्लाको पलाँता गाउँपालिकाले गाउँपालिका भित्र कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकलाई पोसाक वितरण गरेको छ ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पालिकामा रहेका ५६ जना स्वास्थ्यकर्मीलाई सेतो पोसाक र १ सय जना स्वयंसेवकलाई निलो पोसाक वितरण गरि सुरक्षित तरिकाले टोलटोलमा गएर सरसफाई , जनचेतनामुलक कार्यक्रम र नागरिकहरुको समस्यामा साथ दिनका लागि पोसाक वितरण गरिएको अध्यक्ष लक्ष्मण बहादुर बमले बताउनु भयो ।

अध्यक्ष बमका अनुसार सुरक्षाकर्मी र स्वयंसेवकहरुले प्रतेक वडा टोलमा गएर सरसफाई, कोरोना भाइरस सर्ने तरिका यसका लक्षणहरु, कोरोना भाइरसवाट बच्ने उपाएका वारेमा जनचेतना जोगाउने छन । स्वास्थ्यकर्मीहरुले पलाँता गाउँपालिकाका विभिन्न ठाउँमा स्थापना गरिएका हेल्थ डेस्क, क्वारेन्टाइनमा बसेर चेकजाँच गर्ने पालिका अध्यक्ष बमले बताउनु भयो । उहाँले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मी र स्वयंसेवक बढि असुरक्षित हुने भएकाले तत्काल उनिहरुका लागि पोसाक ल्याएर वितरण गरेको बताउनु भयो ।पलाँता गाउँपालिकाका ९ वटा स्थानमा १ सय ८० बेडको क्वारेन्टाइन निर्माण गरिएको र क्वारेन्टाइनमा आवश्यक पर्ने स्वच्छ पीउने पानि, कपडा, तातो पानि, खाना, सौचालयको ब्यबस्था गरिएको अध्यक्ष बमले बताउनु भयो । देश नै अहिले कोरोन वाट हायलकायल भइरहेका वेला पलाता सरकारले सवै पलाता वासिको घरघरमा गई स्वास्थ्य अवस्थाको बारेमा जाँच गरी सुचान लिने र चेतना मुलक सन्देशहरु दिने गरीरहको छ । पलाता सरकार जनता बाट वाट एक सेकेन्ड पनि टाठा नहुने कुरा प्रस्ट पार्दै कोरोना भइरुस वाट कोहि पनि नआक्तिन अध्यक्ष बमले आग्रह गर्नु भयो । साथै आफु सधै पलाताका जनता माझ रहेको वातउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!