अध्यक्ष बम द्धारा जिल्ला अस्पताल कालिकोट लाई २० थान पिपिइ सेट सहयोग ।

पलाँता गाउपालीका अध्यक्ष लक्ष्मण बहादुर बमले स्वास्थ्य सेवा कार्यालय कालीकोटलाई पिपिइ २० सेट सहयोग गरेका छन् । बिश्वमा महामारिको रुपमा फैलियको नोभेल कोरना भाइरस कोभिड १९ बाट स्वास्थ्यकर्मि उच्च जोखिममा भयकाले ब्यक्तिगत सहयोगको रुपमा पिपिइ २० सेट सहयोग गरेको बताए ।कोरनाबाट सिंगो नेपालीहरुमा सन्तरास फैलिरहेको छ । यतिबेला नेपाल सरकारले क्वारेनटाइनमा बस्ने, लकडावनको पुर्ण रुपमा पालना गर्नु पर्ने भनि गरिएको निर्णयलाई पलाँता गाउपालीकाले यथासिर्घ कार्यन्वयन गरेको बताय । गाउपालिकामा रहेका प्रत्येक स्वास्थ्य सँस्थामा आबश्यक औषधि तथा स्वास्थ्य उपकरण सहित स्वास्थ्यकर्मि परिचालन गर्नुका साथै स्वास्थ्यकर्मिहरुका लागि १ सय सेट पिपिइ समेत उपलब्ध गरायको बताए ।गाउपालीकाका उचित क्वारेन्टाइनको ब्यबश्था गरियको छ । भारत तथा बिभिन्न क्षेत्रबाट आउनेहरुलाई क्वारेन्टाइनमा राख्ने पनि गरिएको बताउदै, जिल्लामै एक मात्र रहेको जिल्ला अस्पतालमा बिरामिहरुको घुइचो हुने भयकाले स्वास्थ्यकर्मिहरुनै उच्च जोखिममा हुने हुदाँ आफुले चाहे अनुसारका श्रोतसाधन तथा उपकरण दिन नसकेपनि स्वास्थ्यकर्मिहरुले बिरामिहरुको उपचारमा खटिदा लगाउने एक तहको पिपिइ २० सेट मात्र सहयोग गरेको गाउपालीका अध्यक्ष बमको भनाई छ ।उक्त पिपिइ २० सेट बुझ्दै जिल्ला अस्पताल कालीकोटका प्रमुख डा। भिष्मप्रसाद पोख्रेलले सहयोगि मन भयका पलाँता गाउपालीका अध्यक्ष लक्ष्मण बहादुर बमलाई धन्यबाद समेत दियका छन् । यसैगरि जिल्ला अस्पताल कालीकोटका सुचना अधिकारि कटक बहादुर महत्तले यसरिनै यस्तो अबश्थामा सम्पुर्ण स्थानिय तहहरु तथा सहयोगि मन भयकाहरुले जिल्ला अस्पताल कालीकोटका लागि आबश्यक कोरना बिरुद्धका उपकरण तथा सामाग्रि उपलब्ध गरायमा स्वास्थ्यकर्मिलाई सहज हुने बताए ।

उक्त पिपिइ २० सेट हस्तान्तरणका लागि पलाँता गाउपालीकाका आइटि इन्जिनियर नविन चौहान, पत्रकार भरतराज बिष्ट र स्वास्थ्यकर्मि बिनोद न्यौपानेले सहजिकरण गरिदियकोमा गाउपालिका अध्यक्ष बम र जिल्ला अस्पताल परिवारले धन्यबाद दियका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!