पलातामा २० हजार माक्स निशुल्क रुपमा बितरण गर्ने अध्यक्ष बम

कालीकोट जिल्ला पलाता गाउपालीकाले पलाता बासिको घरघरमा निशुल्क माक्स बितरण गर्ने भएको छ । बिश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको जोखिमलाई न्यूनिकरण गर्न पलाता गाउपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले १८ हजार जनसंख्या भएको पलाँतामा २० हजार माक्स निशुल्क रुपमा माक्स बितरण गर्ने भएका छन।

पलाता गाँउपालिका अध्यक्ष बमले पालीकाले कोरोना भाईरस सम्बन्धि सचेतना जोगाउनका लागी पलाताको घरघरमा चैत्र १२ माक्स बितरण गर्ने बलले जानकारी दिए । हरेक नागरिकले आफ्नो घरमा मात्र कोरोनाबाट बच्नका लागि साबुन पानीले हात धुने, माक्सको प्रयोग गर्ने, भीडभाडमा नजाने जस्ता उपाय सिकाउनको लागी गाँउपालिकामा कोरोनाको जोखिम कम हुने बताउदै उहाले कोरोनाबारे हरेक घरमा सचेतना पुगाउन उपयुक्त माध्यम बन्ने बताए । उहाले भन्नु भयो , अध्यक्ष लगानी कोषबाट २० हजार वटा माक्स खरीद गरेर बताए । यसले अन्य स्थानिय नागरिकहरुलाई पनि माक्सको प्रयोग गर्ने बानीको पनि विकास गराउने छ । ग्रामिण स्तरमा समेत कोरोनाको त्रास रहेको बताउदै उहाले यसको बारेमा सचेतनामुलक कार्यक्रम र जानकारी दिनु आवश्यक रहेकोले माक्स बितरण गर्ने अध्यक्ष बमको भनाई छ ।
उहाको अनुसार गाँउपालिकाबाट खटिएका स्वास्थ्यकर्मीहरुले कोरोनाबाट कसरी बच्ने, यसका लक्षणहरु के हुन् जस्ता जानकारीहरु दिने र उनीहरुको स्वास्थ्य परीक्षण गर्न काम पनि सुरु गर्ने बताए। कोरोना भाईरसका बिषयमा सार्बजानिक सूचना जारी गरी सबैलाई सचेत रहन अपिल गरेका छन् । उहाले गाँउपालिकाभरी कुनै सभा सम्मेलन तथा मान्छेहरुको भीड लाग्ने कार्यक्रम नगर्न सबैलाई आग्रह गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!