नगरपालिका भित्रका स्थानीय बिरामीलाई लक्षित गर्दै एम्बुलेन्स सेवा संचालनमा

खाँडाचक्र नगरपालिकाले नगरपालिका भित्रका स्थानीय बिरामीलाई लक्षित गर्दै एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ ।वुधवार नगरपालिकामा एम्बुलेन्सको पण्डित बाट पुजा आजा गरि सेवा सुरू गरिएको हो।

एम्बुलेन्स संचालन को अबसरमा बोल्दै खाडाचक्र नगरपालिका उप प्रमुख बिजया बिष्टले खाँडाचक्र नगरपालिकामा एम्बुलेन्स सेवा अति आश्यक रहेको बताउनु भयो । उहाले कालिकोटका अन्य स्थानीय तह र ब्यापारको सिलसिलामा जिल्लामा बसाइ गर्ने अन्ने जिल्लाका दु खी विरामीले पनि सेवा लिने बताउनु भयो ।

खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खड्क प्रसाद उपाध्यायले विभिन्न गाउँपालिका र नगरपालिकामा हुने बिरामीहरुलाई सहज ढङ्गले एम्बुलेन्स सेवा उपलब्ध गराउने उद्धेश्यले नगरपालिकाले आफ्नै एम्बुलेन्स सेवा संचानमा ल्यको बताउनु भयो ।

उहाले बिकट बस्तिमा सेवा संचालन गर्न केहि चुनौति भएपनि एम्बुलेन्स सेवा शुल्कमा सर्वशुलभ हुने भन्दै नगरपालिकाले तत्काल एम्बुलेन्स संचालन कार्यविधि बनाएर नियमित स्थानीयलाई सेवा दिने जानकारी दिनुभयो।

बिरामीले अकालमै ज्यान गुमाउनु परेको अवस्थामा एम्बुलेन्स सेवाले सहयोग पुग्ने स्थानिय वासिको भनाइ थियो । कार्यक्रममा कालिकोट जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी बम बहादुर नेपाली ,खाँडाचक्र नगरपालिकाका स्वास्थ्य संयोजक रबिन्द्र सेजुवाल ,कृषि शाखा प्रमुख प्रशुराम काफ्ले ,नगरपालिकाका लेखा प्रमुख पुर्ण चन्द्र कार्कि ,स्टोर प्रमुख भक्ति प्रसाद पाण्डे ,कालिकोट जिल्लाका ट्रफिक प्रमुख लगाएतका सरोकार वालाको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!