उपाध्यक्ष तारा न्यौपाने द्धारा पचालझरनाका विद्यार्थीहरुलाई मास्क वितरण
कालिकोट जिल्लाको पचालझरना गाउँपालिका उपाध्यक्ष तारा न्यौपानेले विद्यार्थीलाई मास्क वितरण गरेकी छन् । कोरोना भाइरसवाट वच्नका लागि पचालझरनाका विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई मास्क वितरण गरिएको छ ।आफ्नो व्यक्तिगत पैसावाट सोमबार पचालझरना गाँउपालिका वडा नं ४ राम्नाकोटमा रहेको श्री ज्ञानोदय माध्यामिक विद्यालयमा परीक्षारत ३ सय ३६ जना विद्यार्थीलाई मास्क वितरण गरिएको उपाध्यक्ष न्यौपानेले वताउनु भयो उहाका अनुसार बार्षिक परीक्षा सञ्चालन भइहेकोकाले परीक्षा अवधीभर विद्यालयहरुमा विद्यार्थीको उपस्थिति बढि भइ जमघट हुने हुँदा सुरक्षित वातावरण निर्माण गर्ने र कोरोना वाट वच्ने उद्देश्यले मास्क वितरण गरिएको हो ।
कोरोना भाइरसको बारेमा सचेतना अपनाउनका लागि धेरै मान्छे जमघट हुने प्रकृतिका कार्यक्रमहरु पालिकाले स्थगित गरे पनी परीक्षामा सहभागी विद्यार्थीलाई कोरोना भाइरसका बारेमा सचेतना दिनका लागि यस्ता कार्यक्रम संचालन गरिनु सकरात्म कार्य भएको नेकपा पचालझरना पालीका किमिटा सचिव र्ममजंग वमले भन्नु भयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका त्रासको कारण सार्वजनिक रुपमा मानिसको भिडभाड हुने कार्यक्रमहरु नगर्न र त्यस्ता कार्यक्रममा सहभागी नहुन सरकारले निरन्तर आग्रह गर्दे आएको छ । पालिकाभरका ११ सय भन्दा वढि विद्यार्थीहरुलाई मास्क वितरण गरिने उपाध्यक्ष न्यौपानेको योजना रहेको छ ।