पलाँमा गाडी पुग्यो स्थानिय हसित

कालीकोट ।
कालीकोटको पलाँता गाउपालिकामा गाडी पुगेको छ । गाँउपालिकाले जनयुद्ध दिवसका अवसरमा पलाँतामा सार्बजानिक यातायात संचालन गर्ने लक्ष्य सहित गाडी पुर्याएको हो । गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले जनताका सामु गाडी पुर्याउने बाचा गरेकाले त्यो बाचा पुरा गर्न काठ्, ड्रम र जर्किनको सहयोगमा नदीबाट २ वटा गाडी तारेरे गाँउमा पुर्याईएको जानकारी दिए ।

उनका अनुसार पलाँतामा हालसम्म करीव १५ करोड बराबरको लगानीमा २९ किलोमिटर सडक गाडी गुडाउन सकिने गरी ट्रयाग खोलिएको छ ।गाँउपालिका स्थित बेल्के ढुंगा, मोहर, सैन, पुलाहा हुँदै राडुुनेटा जोड्न सडकको ११ किलोमिटर, थिर्पु बेरसैनकोट सडक खण्डको ५ किलोमिटर, ओदी काँध छलाँहा सडक खण्डको ११ किलोमिटर र सैन हुँदै गाँउपालिकाको केन्द्र लोहोडे सडक खण्डको २ किलोमिटर सडकमा गाडी चलाउन सकिने गाउँपालिका अध्यक्ष बमले बताए । यसले पलाँताका ८० प्रतिशत घरधुरीहरुलाई यातायात सेवा उपलब्ध हुनेछ ।

गाउँपालिकाले सुरुवातमा चार वटा गाडी खरीद गरी २ वटा जुम्लाको ओदीदेखी पलाँताको खीनको जाँफ्यासम्म संचालन गर्ने र २ वटा गाडी पलाँता गाँउपालिका थिर्पुदेखी धौलागोहसम्म संचालन गर्ने छ ।

प्रकाशित मितिस् बिहिवार, फाल्गुन १, २०७६, ०५ः३२ः००

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!