‘पुर्ण खोप शुनिश्चित भविष्य, स्थानिय स्वामित्व र सहभागिता पुर्ण खोप शुनिश्चितता हाम्रो प्रतिबद्धता’पुर्णखोप दिगोपनालाई सरोकारवाला एकजुट

पुर्णखोप दिगोपना योजना तयारीका बिषयलाई लिएर सरोकारवाला बिच छलफल भएको छ । ‘पुर्ण खोप शुनिश्चित भविष्य, स्थानिय स्वामित्व र सहभागितापुर्ण खोप शुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराकासाथ स्थानिय तहका प्रमुख, उपप्रमुख तथा कर्मचारीहरूलाई एक गोष्ठीको आयोजना गरि जानकारी गराइएको छ । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त कार्यालय प्रमुख कटक बहादुर महतले बालबालिकालाई लगाउनुपर्ने खोप, खोप बृद्रि गर्न सबैले अपनाउनुपर्ने विधि तथा कालिकोटका स्थानिय तहमा खोपको अवस्था बारे प्रष्ट पारेका छन् ।

साथै महतले जिल्ला स्तरमा खोप कार्यक्रका चुनौतीहरू र राष्ट्रिय खोप कार्यक्रमको विशेष महत्व बारे सहभागीलाई जानकारी दिए । स्वास्थ्यकर्मी कञ्चन थापाले १२ वटा रोगका बिरुद्धमा १५ महिना मुनिका बालबालिकालाई लगाउनै पर्ने खोपबारे बताएका छन् । उनले पहिलेको तुलनामा हाल बालक मृत्यु दर, शिशु मृत्यु दर, नवशिशु मृत्यु दरमा कमि आएको जनाए । साथै थापाले पुर्णखोपको औचित्य बारे स्थानिय तहले बुझ्नुपर्ने र सम्बन्धित सरकारमा पुर्णखोप दिगोपना योजना तयारीका लागि नीति तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

खाँडाचक्र नगरपालिका स्वास्थ्य संयोजक रबिन्द्र सेजुवालले बालबालिकाको अबस्थालाई मध्यनजर गर्दै निकट भविष्यमा आइपर्ने विभिन्न किसिमका रोगबाट बालबालिकालाई र नवशिशु बचाउ अभियानका लागि सम्बन्धित स्थानिय सरकार जागरुक भए राष्ट्रिय खोप कार्यक्रम झन् प्रभावकारी हुने बताए । साथै स्थानिय सरकारले बिकासिय कार्यक्रमसँगै स्वास्थ्य क्षेत्र बिकासका लागि महत्त्वपूर्ण भुमिका खेल्नपर्ने सेजुवालको भनाई छ ।सहभागी सबैले राष्ट्रिय पुर्णखोप कार्यक्रम तथा पुर्णखोप दिगोपना योजना सम्बन्धि लागिपर्ने बताए ।

1 thought on “‘पुर्ण खोप शुनिश्चित भविष्य, स्थानिय स्वामित्व र सहभागिता पुर्ण खोप शुनिश्चितता हाम्रो प्रतिबद्धता’पुर्णखोप दिगोपनालाई सरोकारवाला एकजुट

  1. समाचारका लागि धन्यबाद । ११ किसिमका रोगहरूका बिरूद खोप लगार्इन्छ र कन्चन थापा यूनिसेफको तर्फबाट प्राबिधिक सहयोग र्इकाइ सर्खेतका हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!