ट्राफिक नियमको पालना नगर्दा फुल जस्ता हजारौ समपना अधुरा हुने भण्डारीको भनाई ।

 स्वास्थ्य कार्यालय कालीकोटको सहयोग सामुदायिक प्रहरि साझेदारि कार्यक्रम अन्तरगत सडक सुरक्षा कार्यक्रम तथा सडक दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक कार्यालय संगको समन्वयमा सवारि चालकहरुलाई प्रशिक्षण कार्यक्रम गरिएको हो । सडक दुर्घटना न्यूनिकरण सम्वन्धि गाडि तथा मोटरसाईकल चालक तथा यातायात व्यवसायि र सरोकारवालाहरु बिचको एक दिने कार्यशाला गोष्ठि मान्ममा सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त कार्यालय प्रमुख कटक बहादुर महतको अध्यक्षतामा अभिमुखिकरण कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।

सवारि चालकहरुले ट्राफिक नियमको पालना नगर्दा हरेक समयमा विभिन्न खालका दुर्घटनाहरु हुनेभएकाले यसको न्यूनिकरणका लागि सचेतना फैलाउन प्रशिक्षण कार्यक्रमको आयोजना गरेको स्वास्थ्य कार्यालय कालीकोटका निमित्त प्रमुख तथा सुचना अधिकारी कटक बहादुर महतले वताउनु भयो । सवारि दुर्घटना न्यूनिकरण तथा सडक सभ्यता अभिबृद्धिका साथै ट्राफिक नियम तथा सुरक्षित सडक प्रयोग गर्न हरेक नागरिकले ध्यान दिन सके मात्र सडक दुर्घटनामा कमि आउने भएकाले यसमा चालक तथा सरोकारवालाहरुले ध्यान दिन जरुरी रहेको महतले वताउनु भयो । यस्तै प्रशिक्षण कार्यक्रममा प्रशिक्षक ट्राफिक प्रहरी कार्यालयका प्रमुख आनसिंह भण्डारि र दल बहादुर बस्यालले सहजिकरणका क्रममा सडक दुर्घटना न्यूनिकरणमा ट्रापिकको भुमिका,यातायात व्यवसायिको भुमिका,सवारि चालकको भुमिका र सरोकारवालाहरुको भुमिका के के भए सडक दुर्घटनामा कमिहुन सक्छ भन्दै समुहगत रुपमा छलफल गरिएको हो ।

अन्नत कार्यक्रमा सहभागिहरुले सवारि साधनको यान्त्रिक अबस्था ठिक राख्ने,तोकिएको भार क्षता र गतिमा सवारी साधन नचलाउने,मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारि साधन नचलाउने,सवारि साधन चलाउँदा मोवाइल फोनको प्रयोग र ठुलो आवाजमा गित संगित नवजाउने,सडकमा ध्यान केन्द्रित गरेर मात्र सवारी साधन चलाउने,सवारि चालक स्वस्थ छ या छैन,यातायात व्यवसायिले ध्यान दिने लगायतका विषयमा सत्रक रहने सहभागिहरुले प्रतिवद्धता जनायका छन । अन्तत कार्यक्रममा मुख्य प्रशिक्षक ट्राफिक कार्यालयका प्रमुख आनसिंह भण्डारीले हरेक व्यक्तिका फुल जस्ता धेरै सपनाहरु हुन्छन । ति सपनाहरु पुरागर्न ठुला संघर्ष गर्नु पर्छ । तर हाम्रो सानो लार्पवाहि वा ट्राफिक नियमको पालन नर्गनाले मानिका हजारौ सपनाहरु छिनभरमै उडाउछ या अशक्त जिवन जिउनु पर्छ,यात घर परिवार आफन्तलाई रुवायर अकालमा मर्नु पर्छ । त्यसैले यो निति नियम र विधि प्रक्रिया अरुकोलागी नभै आफ्नै लागी हो भनेर सम्झिन जरुरी रहेको भण्डारिले बताउनु भयो । कार्यक्रमको संचालन कार्यक्रमका फोकल प्रशन हेमराज बमले गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!