२६ सय सेवाग्राही बत्तिको मारमा

कालीकोट । जिल्लाको एकमात्र पोतमारा लघुजल विद्युत आयोजना नियमित संचालनमा नहुँदा जिल्लाका नागरिकहरुलाई अन्धकारमा बस्नु परेको छ । २०४४ सालमा स्वर्गीय माननिय धर्मदत्त उपाध्यायको आथित्यतामा पोतमारा लद्युजलविद्युत आयोजनाको उद्धघाटन गरिएको हो । ३२ वर्ष अगाडी संचालनमा रहेको उक्त आयोजनाले कालीकोटका रास्कोट नगरपालिका,सान्नीत्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिकाका करिव २६ सय सेवाग्राहीलाई सेवा दिँदै आएको छ । जिल्लाको सदमुकाम मान्ममा एक दिन बत्ति आउने र अक्रो दिन सान्नी र रास्कोटमा बत्ति छोड्ने गरेको छ । चिसो महिनामा बत्तिको भोल्टेज अपुग हुने भएकाले बत्ति अनियमित बनेको छ । नेपाल विद्युत प्राधिकरण कालीकोटका प्रमुख मेगराज जोशीका अनुसार पोतमारा लद्युजलविद्युत आयोजनाको क्षमता ५ सय किलोवाट रहेता पनी हाल मेसिनमा देखिएको खराबीका कारण १ सय ८० किलोवाट क्षमताको भोल्टेज सेवाग्राहीको प्रयोगमा रहेको बताएका छन् ।

सेवाग्राहीका गुनासा

पावरको अभाव हुँदा जिल्ला स्थित उद्योगी,व्यापारी,संचार माध्ययम लगाएतका विद्युतीय उपकरणहरुमा ठुलो समस्या देखिने गरेको छ । घरी बत्ति आउने घरी जाने कारणले विद्युतिय उपकरणहरु पट्किे,बिग्रने लगाएतका थुप्रै समस्याले हैरान भएको खाँडाचक्र नगरपालिका निवासी अग्निज्वाला टेक्नीकल ईन्ष्चिुटका पबन बहादुर बले बताए । पवन मात्रै हैनन् होटल व्यवसायी सगुन बोगटीले बत्ति आउने जाने समस्याले मिटर बक्स विग्रने,बिल मात्रै धेरै आउने र बत्ति नियमित बाल्न नपाएको गुनासो गरे । यस्तै व्यवसायी भिम बहादुर सिंहले पनी बत्ति नचाहिने समयमा आउने,दिनमा बत्ति नआउने समस्याले हैरान भएको बताएका छन् । साथै सिंहले बत्ति कति कति समयमा आउछ निर्धारित तालिका समेत लागु गर्नु पर्ने माग राखेका छन् । सामुदायिक रेडियो चंखेलीका स्टेशन म्यानेजर एवंै पत्रकार महासंघ कालीकोटका सचिव खडानन्द अधिकारीले विद्युत सेवा नियमित नहुँदा संचारमाध्यमहरुमा ठुलो क्षतिका साथै विद्युतिय उपकरणमा दैनिक जसो समस्या देखिने बताएका छन् । हाल जेनेरेटर संचालन गरेर रेडियो संचालन गरिरहेको उनले बताए । कालीकोटमा संचालित सामुदायिक रेडियोहरु सोलार र जेनेरेटरको भरमा छन् ।

यता प्रदेश सभा सदस्य माननिय कुर्मराज शाहीले राष्ट्रिय प्रसारण लाईन नआए सम्म कालीकोटका नागरिकहरुले सोचे बमोजिमको विद्युततिय पावर प्रयोग गर्न नसक्ने बताएका छन् । राष्ट्रिय प्रसारण लाईनको लागि लाइन तान्ने र काम लगभग सकिनै लागेको र अवको केही महिनामै राष्ट्रिय प्रसारण लाइन कालीकोटबासीले बाल्न पाउने बताए । ३२ वर्ष अगाडी काम शुरु गरिएको पोतमारा लद्युजलविद्युत आयोजना धेरै पुरानो भइसकेको र अव नयाँ मेसिन प्रयोग गरी सेवाग्राहीलाई नियमित सेवा दिने तथ्खरमा लागि परेको कालीकोट विद्युत प्राधिकरणका प्रमुख मेगराज जोशी जनाएका छन् ।

पावर नहुँदा टावरमा समस्या

कालीकोटमा रहेको नेपाल टेलिकममा पनी पावर नहँदा टावरमा ठुलो समस्या हुने गरेको छ । नेपाल टेलिकम कालीकोटले ४ जि सेवा संचालनमा ल्याए संगै बत्ती अपुगका कारण फोनमा पनी समस्या हुने गरेको छ । नेपाल टेलिकम कालीकोटमा जेनेरेटरबाट सेवाग्राहीलाई सेवा दिएपनी तेति राम्रो काम समेत गदैन् । नेपाल टेलिकम कालीकोटका प्रमुख प्रेम विष्टले भने पोतमारा लद्युजलविद्युत आयोजनाले विद्युतका सेवाग्राहीलाई मात्रै हैन नेपाल टेलिकमका सेवाग्राहीलाई पनी ठुलो समस्या रहेको बताएका छन् । विद्यत नहुँदा टेलिकम बन्द हुन्छ । यस्ले गर्दा सरकारी तथा गैरसरकारी संस्थाहरुलाई दैनिक कामकाजमा समेत ठुलो धक्का पुगेको छ । स्थानिय बासीहरुले यस जलविद्युत आयोजनामालाई मर्मत सम्भार गर्न राज्यको ध्यान नगएको बताउदै अव स्थानिय सरकार,प्रदेश सरकार र संघिय सरकारले कालीकोट अन्धकार बाट हटाउन समेत आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!