चिसो बढेपछि मान्ममा प्रहरीद्वारा आगो ताप्ने व्यवस्था

कालीकोट जिल्लामा चिसो बढेपछि जिल्ला प्रहरी कार्यालय कालिकोटले आगो बाल्ने व्यवस्था गरेको छ । डिभिजन वन कार्यालयसंग समन्वय गरि प्रहरीले जिल्लाको प्रतिमाचोक, जिरोप्याईन्ट, ताडि बजारलगायतका स्थानहरुमा आगो बाल्ने व्यवस्था गरेको हो ।अत्याधिक चिसो बढेको हुनालो आगो बालेर सर्व साधारणलाई ताप्ने व्यवस्था मिलाईएको प्रहरि प्रमुख श्यामबावु वलियाले जानकारी दिए । प्रमुख वलियाका अनुसार, विषेश गरी बजार क्षेत्रमा दाउराको आभाव हुने र आगो ताप्न घरभित्र नपाएका बासिन्दा विशेष गरेर कोठामा बसेर मजदुरी गर्ने, भाडाको घरमा बस्ने बासिन्दाको लागि प्रहरीले यस्तो सेवा प्रवाह गरेको हो ।

जिल्लाका हिमाली क्षेत्रमा परिरहेको हिमपातले पछिल्लो समयमा अत्याधिक चिसो बढ्दै गएको महशुस गरिएको छ । मंगलबार बिहानैदेखि कालिकोटका लेकाली भागहरुमा हिमपात भइरहेको छ भने, तल्लोको भागहरुमा अत्याधिक चिसो बढिरहेको छ । यतिकै चिसो रहिरहे यो कार्याक्रम फेरिपनि निरन्तर संचालन गर्ने बताए ।

अत्याधिक चिसोका कारण अहिलेसम्म कसैको मृत्यु नभएको जिल्ला अस्पताल कालिकोटले जनाएको छ । अस्पतालका अनुसार चिसोले बालवालिका र वृद्धवृद्धालाई प्रभावित पार्ने भएकोले दम र निमोनियाका बिरामी बढी आउने गरेको जनाएको छ । चिसोबाट बच्न चिकित्सकहरुले झोलिलो खानेकुरा खान, बेफाल्टु बाहिर हिँडडुल नगर्न र न्यानो कपडा प्रयोग गर्न सुझाव दिएका छन् ।rajdhanidaily.comसाभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!