पलाँता ९ थिर्पुमा पोषण ब्यवस्थापन सुरक्षा सम्बन्धी २ दिने तालिम सम्पन्न

नमराज न्यौपाने पलाँता कालिकोट
खाध्य तथा पोषण ब्यवस्थापन सुरक्षा सम्बन्धी २ दिने तालिम सम्पन्न कालिकोट जील्ला पलाँता गाउँपालिका वडानं। ९ थिर्पुमा सुरु भएको छ । पलाँता स्वास्थ साखाको आयोजनामा भएको तालिममा पलाँता गाउँ पालिकाले सहयोग गरेको छ । तालिममा प्रसिक्षण पलाँता गाउँपालिका स्वास्थ्य साखा संयोजक हीमाल संज्याल सह संयोजक कीस्मता बम, सुशिल कुमार बम, बिनोद कुमार न्यौपानेले दिइरहेका छ्न । उक्त तालिममा लिलाराम न्यौपाने ९खानेपानि तथा सरसफाई साखा० कल बहादुर बम पशु सेवा साखा सह संयोजक को उपस्थीतीमा समग्र पोषण अबस्था सुधारका लागी प्रत्येक वडामा स्वयमसेबक राखेर पोषण सम्बन्धी सुनौला हजार दीन प्रबधन अभियानलाई सफल पार्न कार्यक्रम लागु गरी स्वयमसेवकहरु लाइ तालिम प्रदान गरीएको छ । तालिमको समापन गरिएको छ ।

पलाँता स्वास्थ साखा अध्यक्ष हीमाल संज्यालको सभा अध्यक्षतामा कार्यक्रम सम्पन्न गरीएको छ । सोही गाउँपालिकामा गठन गरिएका समुहका स्वयमसेवकहरुलाइ तालिम प्रदान गरिन लागेको बताइएको छ । स्वाय सेवा लाई पोषण सम्बन्धी ज्ञान दिने तालिमको उद्देस्य रहेको स्वास्थ साखा ले जनाएको छ । तालिममा १५ जनाको सहभागिता रहेको र साखा संयोजक हीमाल संज्यालका अनुसार पाँच महिनापछि बालबालिका बाहिरी वातावरणमा रमाउन थाल्छन् तर उनीहरू बाहिरी वातावरणमा घुलमिल हुन सक्दैनन। यसैकारण बालबालिकालाई विभिन्न समस्या देखा पर्न सक्छ । छ महिनाभन्दा कम उमेरका बालबालिकाको बढी नै हेरचाह गरिनुपर्ने, आमाको दूध मात्र खाने र बाहिरी वातावरणमा नजाने हुँदा उनीहरूमा धेरै समस्या नदेखिने भनाइ रहेको छ । चिसो मौसमका कारण अधिकांश बालबालिका बिरामी पर्छन । हामीले जाडोमा अझ उनीहरूको उचित ख्याल राख्नुपर्दछ । उहाँ जाडोमा रुघाखोकी, ज्वरो, घ्यारघ्यार हुने, हातगोडा फुट्ने र टाउको दुख्नेजस्ता समस्या हुने भएकाले अभिभावकहरूले राम्ररी रेखदेख गर्नुपर्ने सुझाव दिनुहुन्छ ।

बालबालिकामा चिसो मौसमका कारण कुनै पनि किसिमका शारीरिक समस्या देखा नपरोस् भन्नका निमित्त बच्चाले लगाउने कपडादेखि खाने खानामा समेत विशेष ध्यान दिनुपर्ने डा। उप्रेतीको जोड छ । उहाँले बालबालिकालाई पुरानो तरिकाकै लुगाजस्तै तीनपत्रे भोटो, टोपी र मोजा लगाइदिनुपर्ने सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, जाडोको बेलामा बालबालिकालाई चिसो नलागोस् भनेर अभिभावकले धेरै लुगा लगाइदिने गर्छन । यसले बालबालिकालाई न्यानोभन्दा थप समस्या ल्याउनसक्छ । धेरै लुगा लगाइ दिँदा बालबालिकालाई पसिना आउनसक्छ र उक्त पसिना शरीरमा नै सुकेपछि उनीहरूलाई चिसो लाग्छ, जसले रुघाखोकी, निमोनिया जस्ता समस्याले सताउन सक्छ । बाक्लो लुगा लगाइदिएको अवस्थामा बेलाबेलामा पसिना आए÷नआएको हेर्नपर्ने स्वाथ्य संयोजक हीमाल संज्यालले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!