बृहत व्यवसायिक कृषि मेला प्रर्दशनि पलाँता गाउँपालिका सम्पन्न

नमराज न्यौपाने पलाँता
कालिकोट जिल्ला पलाँता गाउँपालिका २ राडुनेटा मा आज कृषी मेला प्रदशनि कार्यक्रम सम्पन्न भयको छ । उक्त कार्यक्रम को आयोजना सोसेक नेपाल दैलेख र युवा सञ्जाल पलाँताले गरेको छ भने आर्थिक सयोग पलाँता गाउँपालिका ले गरेको छ । कार्यक्रम का प्रमुख अथिती गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम ९पलाँति कान्छा० र बिशेस अथिति गाउँपालिका उपाध्यक्ष दाना न्यौपाने अथिति वडानं २ का वडाअध्यक्ष बिरी कामि वडानं ९ का वडाअध्यक्ष टक्क बहादुर बम वडानं ७ का वडाअध्यक्ष बर्ज बहादुर बम वडानं १ का वडाअध्यक्ष मान बहादुर भण्डारी वडानं ३ का वडाअध्यक्ष कर्ण रोकाया वडानं ४ का वडाअध्यक्ष ऐन राज कहतारा सञ्चारकर्मि सम्पुर्ण पार्टी प्रतिनिधि, कर्मचारी, जेस्ठ नागरीक बिपन्न परीवार जिला कमिटी सदस्य हरु रहुनु भयको छ । कार्यक्रम मा पलाँता २ निवाशि सम्पुर्ण आमा बुवा दाजु भाई दीदी बहीनी को उपस्थीत रहेको र उक्त मेलामा जनचेतना मुलक कार्यक्रम मा बिभिन्न फलफुल तरकारी र बिभिन्न किसीम का जाड रक्सी, छाउपडी प्रथा , गर्बवति जाँच, बालबिबाह, लगाएतका सडक नाटक देखाएका छन ।


कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाति कान्छा सामजिक समस्याहरुको समाधानमा युवा बर्गको भूमिका बिषय बढ्दो व्यक्तिवाद, अनैतिकता, नैराश्यता, नकारात्मक चिन्तन, अज्ञानता तथा अतिवादको कारण पलाँताका युबाहरु आक्रान्त पारेको बताउदै समाधानको लागि युबाहरुनै अघि बढ्नु पर्ने बताए । अध्यक्ष बम समाजका बिकृति र बिशंगतिको बिरुद्धमा लड्न युबाहरुको नैतिक शक्ति बलियो बनाउनु पर्नेमा जोड दिनुपर्ने । युबाहरुलाई सार्बजनिक सोंचको विकास गर्न, स्वयमसेवाको संस्कार विकास गर्न तथा आफ्नो नमुना मार्फत अरुलाई प्रभावित बनाउन प्रोत्साहित गराउनुभयो । अध्यक्ष बमले मदिरा सेवन, लागु औषधको प्रयोग, जुवातास, जस्ता कुलतमा लागेर समाजमा नराम्रा क्रियाकलाप गर्ने जो कोहीलाई पनि कानुनि दायरामा ल्याई कार्वाही गरी छाड्ने चेतावनी दिनु भयो । अध्यक्ष बमले थप्दै समाज सुधारको महान अभियानमा लागरे बिकृतीको अन्त्यष्टिको लागि सहयात्री बन्न सबैमा आग्रह गर्नु भयो । स्थानिय राजनितिक दलका प्रतिनिधि, जन प्रतिनिधी, शिक्षक, नागरिक समाज, युवा महिला सुरक्षा कर्मि लगाएत करिब १ सय ५० जना जना भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा लाई सफल बनाउने जनतालाई धन्यबाद दिनुभयो ।

 पलाँता युवा सञ्जाल अध्यक्ष जल्सा बुढा कार्यक्रममा बोल्दै सामाजिक बिकृती, विसङती, अन्याय , अत्याचार विरुद्ध बुलन्द आवाज बनाउदै सभ्य र सामाजिक समता सहितको समाज निर्माणमा युवाले आजको यस बर्तमान परिस्थिति सङ मुकाविला गर्न फरक मस्तिष्क तयार पार्दै समाजमा प्रस्तुत हुनु आवस्यक छ । कुरा रूपान्तरको हो,बर्तमान यश समयमा हामीले यसप्रकारको अभ्यास गरिरहेका छौ । समाजका पक्षमा आमुलता ल्याउने बारेकै सन्दर्भ हो। परिवर्तन आफैमा बहुआयामिक छ । त्यसैले हामिले पनि समाजमा यश बाटोलाइ आत्मसात गर्दै साना साना अभ्यास गर्दै आइरहेका छौ हाम्रो अभ्यासलाई नजीक बाट नियाल्दै हाम्रा परिवर्तनकारी अभ्यासलाई तपाई सबैको यस्तै उत्प्रेरक बाणिको खाचो रहेको बताउनु भयको छ । उक्त कार्यक्रमको आज दीन भर प्रत्यक्ष प्रसारण रेडीयो पलाँता आवाज ले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!