शुभकालिका गाउँपालिका ७,८ मा नेकपाको पार्टी कार्यालय उद्घाटन संगै बृहत आमसभा

कालीकोट । जिल्लाको शुभकालिका गाउँपालिका ७,८ मा नेकपाको पार्टी कार्यालय उद्घाटन संगै बृहत आम सभा सम्पन्न भएको छ । नेकपा शुभकालिका गाउँपालिका वडा नं.७ का अध्यक्ष मिम बहादुर शाहीको अध्यक्षता, प्रतिनिधी सभा सदस्य माननिय दुर्ग वहादुर रावतको प्रमुख आथित्यता,कर्णाली प्रदेश सदस्य माननिय कुर्मराज शाही र शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँइको विशेष आथित्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रतिनिधी सभासदस्य माननिय दुर्ग वहादुर रावतले कम्युनिष्ट सरकार अन्य देशका सरकार भन्दा फरक र कर्मयोग्य रहेको बताउदै नेपालका अन्य दलहरु भन्दा नेकपा सवैभन्दा शक्तिशाली पार्टी रहेको बताए । नेकपा हालसम्म गरेका काम क्रियाकलापहरु,बिकासीय योजनाहरु सफल र दिगो टिकाउ रहेको बताएका छन् । यस्तै कर्णाली प्रदेश सदस्य एवं कालीकोट निर्वाचन क्षेत्र क बाट निर्बाचित मानिय कुर्मराज शाहीले विगत लामो समय देखी ओझेलमा परेको सेरी पान्तडी सडक जस्ले जे भने पनी आफनो कार्यकालमा काम सम्पन्न गर्ने भन्दै यस सडकबाट सवै जना नागरिकहरु लाभान्वीत हुने र दिगो टिकाउ गर्ने गरेर काम गर्ने बताएका छन् । साथै शाहीले कुनै पनी काम गर्नको लागि बजेटको अपुगता नहुन दिने भन्दै सवैलाई सकारत्मक सोचको विकासमा लाग्न आग्रह समेत गरेका छन् ।


यस्तै शुभकालिका गाउँपालिका वडा नं.७ का वडा अध्यक्ष जनक बहादुर शाहीले आफु नेपाली कांग्रेसबाट निर्वाचित भएपनी नेपाल कम्युनिष्ट पार्टीले शुभकालिका गाउँपािलकामा गरेका काम,क्रियाकलापहरु अति उत्तम रहेको बताएका छन । कालीकोट जिल्लाको शुभकािलका गाउँपालिका विकटताको हिसावले विकास नभएपनी अव तत्कालै विकास निर्माणका योजनाहरु अगाडी बढाउने गाउँपािलका उपाध्यक्ष पम्फा कुमारी शाहीले बताइन।

शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँँईले विकासिय योजनाहरु दिगो टिकाउ गर्नलागि परेपनी स्थानियको खिचातानीका कारण काम राम्रो हुन नसकेको बताउदै अव आगमी दिनमा शुभकालिका बासीहरुको साथ सहयोग पाए विकासिय योजनाहरु दिगो टिकाउ र सवैको सोचे भन्दा बढि विकास गर्ने बताएका छन् । कार्यक्रममा नेकपा का जिल्ला कमिटी सचिवालय सदस्य विस्नु बहादुर विक,जय बहादुर महतारा (अटल) शुभकालिका गाउँपालिका उपाध्यक्ष पम्फा कुमारी शाही, वडा नं.८ का अध्यक्ष एवं नेकपा गाउँकमिटि सदस्य दिपराज महातारा,वडा नं. ७ वडा अध्यक्ष जनक बहादुर शाही,नेपाल पत्रकार महासंघ कालीकोटका सचिव खडानन्द अधिकारी ,स्थानिय बासी लगाएतको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!