विपद जोखिम न्युनिकरण गर्न नेपाल आर्मीद्धारा डेमो प्रदर्शन।

२०७६ असोज ३० गते १७ ः४८ मा प्रकाशित

 निकट भविष्यमा आइपर्ने विपद जोखिम न्युनिकरण गर्न कालीकोटमा डेमो प्रर्दशन गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति कालीकोटको आयोजना तथा रणशुर गुल्म, नेपाल प्रहरी र जिल्ला स्वास्थय कार्यालय कालीकोटको सह आयोजनामा डेमो प्रर्दशन गरिएको हो।विकट मानिने कालीकोट जिल्लामा अनेक किसीमका विपदलाई मध्यनजर गर्दै जिल्लाको प्रतिमाचोकमा रणशुर गुल्म कालीकोटका नेपाली सेना र नेपाल प्रहरी एवं स्थानियको सक्रिय भुमिकामा आपतकालिन परिस्थतीमा के कस्ता उपाय अपनाएर विरामीलाई बचाउन सकिन्छ भन्ने उद्येश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो । ४ किसीमका स्टेचर स्थानियलाई तयारी गर्न सिकाइएको थिइयो ।विशेषता कालमार्गको रुपमा रहेको कर्णाली राजमार्गमा दिनप्रतिदिन हुने दुर्घटनामा घाइते हुनेहरुका लागि भिरपाखाबाट लडेर घाइते हुने, मदिराकै कारण लडेर घाइते हुने, घरेलु हिंसामा परेका बालवालिका, महिला लगाएतका जस्ता सुकै विरामीहरुलाई आपतकालिन समयमा उद्धार गर्न सकिने विपद व्यवस्थापन समिति कालीकोटका संयोजक कृष्णचन्द्र पौडेलले बताए ।रणशुर गुल्म कालीकोटले आइपर्ने विपद जोखिम न्युनिकरण गर्न जस्तो सुकै परिस्थीमा पनी पछाडी नपर्ने बताउँदै आगामी दिनमा यो सिप सवैले सिक्नु पर्ने रणशुर गुल्मले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबाबु ओलियाले सवै स्थानिय तहहरुमा विपद व्यवस्थापन गर्न यस्ता खाले डेमो प्रर्दशन गर्नु पर्ने बताएका छन् । उनले जिल्ला स्तरमै सिमीत भएका यस्ता महत्वपुर्ण कार्यक्रमहरु स्थानिय तहमा गएर सवैलाई जानकारी दिनु पर्ने बताए ।

जिल्ला अस्पताल कालीकोटका कटक बहादुर महतले विरामीहरुको अवस्था बुझेर सवै किसीमका घाइतेहरुलाई घटनास्थलबाट तत्काल नजिकैको स्वास्थय चौकी एवं जिल्ला अस्पताल सम्म पुर्याउन प्रर्दशन गरिएको डेमोले राहत हुने बताएका छन् । कार्याक्रममा जिल्लास्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधी, पत्रकार तथा स्थानियवासी लगाएतको उपस्थित थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!