डोजर पल्टीदा चालकको मृत्यु

कालिकोट । कर्णाली राजमार्ग अन्र्तगत खाँडाचक्र नगरपालिका–५ स्थित विहानी खोलामा मंगलबार विहान ६ वजे डोजर पल्टदा एक जनाको मृत्यु भएको छ । दैलेख ठाँटीकाध गाउँपालिका निवासी ३६ बर्षिय भरत शाहीको घटना स्थलमा मृत्यु भएको हो ।

विहानीखोलामा रहेको क्रसरमा काम गर्ने शाही डोजर पल्टीदा च्यापीएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।कर्णाली राजमार्गको अवस्था अझै पनी जिर्ण छ । बर्खायामको पानी संगै सडकको अवस्था नाजुक छ । विहानी खोलामा बा १ प ८९२५ नंबरको डोजर दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!