हुलाकीले गरेको विकास मुख्यमन्त्रीद्धारा उद्घाटन .

कालीकोट जिल्लाको पचालझरना गाउँपालिका–४ लाफा निवासी हुलाकी विष्णुलाल न्यौपानेको पहलमा निमार्ण गरिएको लाफागाड लघुजलविद्युत आयोजनाको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्नुभएको छ । २०७० सालमा भएको दोस्रो संविधान सभा चुनावमा पहिलो पटक सांसद निर्वाचित हुनुभएका शाही उर्जामन्त्री समेत बन्नुभयो । २०७४ सालको निर्वाचनमा कालीकोट प्रदेश सभा ख बाट निर्वाचित हुनुभएका शाही मुख्यमन्त्री बन्नुभयो । एक हाता केराले ल्याएको योजनामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रि महेन्द बहादुर शाहिले उद्घाटन गरेका छन । गाउँपालिकाको तल्लो लाफागाड खोलावाट ८५ किलोवाट क्षमताको विद्युत निकालि गाउँमा बत्ति वालि झिलिमिलि बनाएको हो । मंगरवार एक कार्यक्रमका विच कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रि महेन्द बहादुर शाहिले विधिवत रुपमा उद्घाटन गरेका हुन । विद्युत उद्घाटन गदै मुख्यमन्त्रि शाहिले,एउटा सामान्य हुलागिले एक हातो केरा बोकेर मन्त्रालय धाई ल्याएको योजनामा आफुले उद्घाटन गर्न पाउदा खुसि भएको बताए। उनले भने, उधारोमा निर्माण भएको आयोजना भन्ने सुनेको छ ु। अव उधारोमा निर्माण भएको आयोजनाको रकम प्रदेश सरकारले व्यहोर्ने बताए। वरु यसको निरनतर्ताको लागि गाउँपालिकाले जिम्मा लग्नु प्रर्ने बताए। साथै उनले, कर्णाली उज्यालो कार्यक्रम प्रभावकारि बनाउन, राष्टिय प्रशारण लाईन पनि विस्तार भइरहेको अवस्थामा, साना लघ ुजलविद्युत आयोजनाको लगानि सरकारले गर्ने बताए। लाफा गाड जस्ता धेरै खोलाहरुमा लगानि गर्न प्रदेश सरकार तयार रहेको बताए। यस्तै प्रदेश सांसद कुर्मराज शाहिले कालिकोटका विभिन्न ठाउमा रहेका खोलाहरुमा वगिरहेको पानि हैन। डलर वगिरहेको हो। हामिले पानि बगेको सोचेका छौ। पानि हैन रहेछ। डलर बगिरहेको रैछ। यसको उपयोग गर्न अव प्रदेश सरकार तयार रहने बताए । उनले भने, घर आँगमनै बगिरहेको डलरको उपयोग गर्न स्थानिय सरकार,संघिय सरकार र पर्देश सरकार तयार रहेको बताए।

तिन वर्ष अघिदेखि सूरु गरिएको आयोजनाले विद्युत मुहानका भंकगाउँका २८ घर र खदुका १० घर गरि जम्मा ३८ घरमा बत्ति बालि झिलिमिलि बनाएको छ, अरु वाँकि लाफा लगायतका गाउँमा लाईन विरुतार भइरहेको छ । अध्यक्ष न्यौपानेका अनुसार, दुई वर्षमै गाउँमै बत्ति बाल्ने सम्झौता हो। तर, वैकल्पिक उर्जा प्रर्वदन केन्दको ७ लाखले नपुगेपछि आयोजना समयमै सम्पन्न गर्न सकिएन। फेरि पानिको मुहान देखि पावर हाउस सम्म ३ किलो मिटर निकै ठुलो कडा चटान खोपेर ल्याउनु पर्ने भएकाले चुनौतिका विच गाउँमा बत्ति बाल्ल सफल भएका छाँै। उनले भने, मैले यो आयोजना एक घडि केराले ल्याएको हो। कालिकोटको लाफाको केरा र कर्णालीको जिउँदै मन्त्रालयमा पुराएको माछाले यो योजना ल्याएको हु। अहिले स्थानिय तहले पनि आयोजना सम्पन्न गर्न सहयोग गरेको छ। यो आयोजना मात्र होइन। कर्णाली नदिमा लागेको लाफा झुँलेगेपुल पनि एक काड माछा मन्त्रालयमा कोशेलि पुराए र ल्याएको हुँ। कर्णालीका दुर्घम गाउँमा खाँउ भनेपानि छैन उपचार नपाएरै मृत्यु मरण हुनु पर्छ, हिँडौ भने, वाटो छैन।यस्ता दुख सरकारले अझै पनि देखेको छैन। उनले भने। कर्णालीको जिँउदै माछाले ल्याएको योजना हो। यसको संरक्षणमा गाउँपालिकाले ध्यान दिनु पर्छ। निर्माण सम्पन्न त भयो तर,तिन करोड रकम नपुगेर उधारोमा काम सम्पन्न भएको हो। मजदुरलाई पैसा दिएका छैन। निर्माण समा्रगिको पैसा दिएका छैन। प्रदेश सरकारले व्यहोर्ने आश्वासन दिएको छ।

बनको लोस्टो र टुक्कि बाल्ने हामि अहिले गाउँमा झिलिमिलि बत्ति बल्दा सारै खुसि भएको पचालझरना गाउँपालिका ३ भंकका नैन सिंह कठायतले बताए।उनले भने,अध्यारोमा पढ्न मान्दैनन् थिए बच्चा बच्चिहरु अहिले बत्ति घरमा बल्दा मन लगाएर राति १२ बजे सम्म किताव समातेर पढ्छन। गाउँपालिकाको तुलनामा ठुलो उपलब्धि हो गाउँमा बत्ति बल्नु तर, यसलाई निरन्तरर्ता दिनु पर्ने बताए। अहिले सम्म सडकमा डाडि चढ्न पाएका छैनौ तर, अँध्यारो गाउँमा भिलिमिलि बत्ति बाल्न पाएका छौ। सारै खुसि लागेको छ। अव सडकको को अवश्यकता छ।नैन सिंह मात्र होइनन गाउँमा बत्ति बल्दा स्थानिय निकै खुसि भएका छन । भौगोलिक कठिनाईका विच गाउँपालिकाले चट्टान खोप्दै गाउँमा वत्ति ल्याएको हो। उर्जा मन्त्रालयको सात करोड, गाउँपालिकावाट एक करोड २२ लाख गरि जम्मा आठ करोड २२ लाखमा निर्माण सम्पन्न भएपछि विधिवत रुपमा उघाटन गरिएको हो। सो लघु जलविद्युत आयोजनाले गाउँपालिकाका ६ सय घरधुरिका स्थानिय लाभाम्वित हुने छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!