६० बर्षीय भण्डारीले स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि निशुल्क जग्गा दान

कालिकोट जिल्लाको पलाता गाउँपालिकाको वडा नम्बर १ पुलाहामा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि निशुल्क जग्गा दान गरिएको छ । स्वास्थ सेवाकेन्द्र निर्माणका लागि पलाता गाँउपालिका वडा न १ का ६० बर्षीय परिलाल भण्डारीले आफ्नो नाममा रहेको करिब चार सय वर्गमिटर क्षेत्रफलको जग्गा दान गरेका हुन् ।वडामा स्वास्थ्य सेवाकेन्द्र निर्माणका लागि वडा अध्यक्ष मान बहादुर भण्डारीलाई रु पाँच लाख वरावरको लालपुर्जा हस्तान्त्रण गरेका छन् । जग्गा दाता ६० बर्षीय भण्डारीले कालिकोट मान्ममा रहेको मालपोत कार्यालयमा जग्गा पास गर्दै भने, ‘अहिले स्थानीय सरकारले राम्रो निति नियम ल्याएकोमा खुसी व्यक्त गर्दै आफुले केही राम्रो काम गरेर जाने आशयका साथ नामको लागि मात्र नभई समाज सेवाको लागि आफुले जग्गा दान गरेको हो ।’

जग्गा दान गरे भावी पुस्ताहरुको नाम पनि रहिरहने हुँदा आफु खुसी हुँदै जग्गा दान गरेको उनले बताए । सामान्य रुघाखोकी लागेमा अझै पनि जिल्ला सदरमुकाम जानु पर्ने बाध्यता रहेको छ । यो बाध्यताको अन्त्य गर्न छिट्टै वडा सरकारले स्वास्थ्य सेवा केन्द्र सुचारु गर्न सुझाव दिए । जग्गादाता भण्डारीले समाज सेवाको लागि आफूले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आफूले निस्वार्थ किसिमले समाजको सेवा गरेको बताए ।उनले भने, ‘मसंग अथाहा जग्गा भएको दान गरेको हैन । पाँच महिनासम्म वडा सरकारले जग्गा माग्दा कसैले नदिएपछि आफुले जग्गा दिएको हुँ । मेरो नाममा जम्मा २२ वर्गमिटर जग्गा छ । यसैमा आफनो छोराछोरीको आस नगरी जग्गा निशुल्क दिएको हुँ ।स्थानीय तह बनी सकेपछि आफु विकासमा लागि परेको र एउटा सामान्य सिटामोल पनि नपाइने हुँदा तत्काल निर्माण सेवा सुरु गरी गाउँवासीहरुले सेवा पाउने भएका छन् । उनले भने, विकास निर्माणमा निकै फट्को मारेको र आगामी दिनमा विकासलाई तिव्रता दिएरै अगाडी बढ्ने र स्वास्थ्य चौकी भवन निर्माणको काम अबको एक दुई हप्ता भित्र सञ्चालन हुने वडा अध्यक्ष मान बहादुर भण्डारीको भनाइ छ ।rajdhanidaily.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!