खाडाचक्र नगरपालिकाको सुरक्षाका लागि प्रहरी

कालिकोटको खाडाचक्र नगरपालिकाको सुरक्षाका लागि प्रहरी खटाइएको छ । नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकताले नरहरिनाथ गाउँपालिका कार्यालय र वडा नं ६ को वडा कार्यालयमा आगजनी गरेपछि अन्य स्थानीय तहमा सुरक्षा व्यवस्था कडा पारीएको हो । असार १० गते आव्हान गरेको बन्दको अवज्ञा गरी गाउँसभा संचालन गरेको भन्दै गाउँपालिकामा आगजनी गरेपछि । खाडाचक्र नगरपालिकाको सुरक्षाका लागि प्रहरीले सुरक्षा दिइरहेका छन् । स्थानीय तहको सुरक्षाका लागि १० गतेका दिनमा पनि प्रहरी परिचालन गरेको प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, बन्दको दिनमा पनि सुरक्षा व्यवस्था कडा पारीएको थियो, बन्द खुला भइसकेपछि प्रहरीले राती १० बजेसम्म सुरक्षा दिइरहेको भएपनि प्रहरी गइसकेपछि नरहरिनाथ गाउँपालिकामा आगजनी गरेको बताउनुभयो । अहिले खाडाचक्र नगरपालिकाको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!