१२ औ गणतन्त्र दिवसलाई भव्यका साथ मनाउने सरोकारवालाहरुले जोड

कालिकोट जिल्लाका सरोकारवालाहरुले १२ औ गणतन्त्र दिवसलाई भव्यताका साथ मनाउनु पर्नेमा जोड दिएका छन् । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा भएको समन्वयात्मक बैठकमा उपस्थित सरोकारवालाहरुले गणतन्त्र दिवसलाई भव्यताका साथ मनाउनु पर्नेमा जोड दिएका हुन् । जिल्ला समन्वय समिती कालिकोटकी उपप्रमुख लक्ष्मी बिष्ट नेपालिको अध्यक्ष्यतामा बसेको बैठकमा १२ औ गणतन्त्र दिवसलाई भब्यताका साथ मनाउने निर्णय समेत गरीएको छ । जेठ १५ गते का दिन परेको गणतन्त्र दिवसमा जेठ १४ गते बिहान बजार सरसफाई कार्यक्रम, बेलुका दिपावलि गर्ने त्यस्तै जेठ १५ गते गणतन्त्र दिवसका दिन बिहान ८ बजे प्रभातफेरी र संबाद कार्यक्रम रहेको छ भने बेलुका दिपावली गर्ने र १६ गते बेलुका पनि दिपावली गने निर्णय गरीएको छ ।

१६ गतेकै दिन १२ औ गणतन्त्र दिवसको अबसर पारी जिल्ला अस्पतालको आयोजना तथा खाडाचक्र नगरपालिकाको सहयोगमा बिहान ८ बजे देखी १० बजे सम्म जिल्ला प्रहरी कार्यालय अगाडी पिपल चौतारामा ४० वर्ष माथीका नागरीकको रक्तचाप जाँच गर्ने निर्णय रसमेत गरीएको छ । उक्त बैठकमा खाडाचक्र नगरपालिकाका उपप्रमुख बिजया बिष्ट नेकपाका सचिव नगिन्द्र शाही नेश्नल ,नेपालि काँगे्रसका कालिकोटका पटी सभापती हर्ष बहादुर बम नेपाल मजदुर किसान पाटीका केन्द्रीय सदस्य नन्द बहादुर शाही प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर कार्की प्रहरी नायब उपरीक्षक बिनोद शर्मा सरकारी तथा गैर सरकारी कार्यलयका प्रतिनिधी नागरीक समाज पत्रकार लगायतको उपस्थीति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!