जिल्लामा पहिलो पटक नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रम सम्पन्न

कालीकोट जिल्लाको खाडाचक्र नगरपालिकामा पहिलो पटक नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रम सकिएको छ । चैत २५ गतदेखि शुरु भएको चार दिने कार्यक्रमको नमुना युवा संसदको प्रयोगात्मक अभ्यासको प्रद्धर्शन गर्दै सम्पन्न गरिएको हो । युवा तथा खेलकुद मन्त्रालय अन्तरगतको राष्ट्रिय युवा परिषद्, काठमाडौंको सहयोग, जिल्ला युवा समितिको कार्यालय कालीकोटले खाडाचक्र नगरपालिकामा ४ दिने कार्यक्रमको प्रयोगात्मक अभ्यासको प्रदर्शन गर्दै समापन गरिएको छ । युवा भविष्यका कर्णदार मात्र होइनन् बर्तमानका साझेदारसमेत हुन भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरिएको थियो ।

जिल्ला युवा समिति कालिकोटका अध्यक्ष तुलाराज मल्लको अध्यक्षता प्रदेशसभा सदस्य माननिय कुर्मराज शाहीको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको विशेष आतिथ्यतामा भएको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं प्रदेशसभा सदस्य माननिय कुर्मराज शाहीले नमुना युवा संसद कार्यक्रम नयाँ र लोकतान्त्रिक नेपाल निर्माणमा उपलब्धीमूलक रहेको बता बताउनुभयो । नमुना युवा संसद कार्यक्रमले युवाको नेतृत्व र व्यक्तित्व क्षमता विकाससँगै सक्षम युवा पुस्ता उत्पादनमा महत्वपूर्ण सहयोग पु¥याउने धारणा राख्नुभयो । युवा नै सबैकुरा भएकाले युवालाई अवसर दिनुपर्ने बताउनुभयो । उहाँले युवालाई अवसर नदिने अनि केहि गरेनन् युवाले भनेर भन्ने चलनले आज नेपाली युवाहरु सबै विदेशमा रगत पसिना बगाउन बाध्य छन् । उनिहरु सबैलाई देशमा काम गर्ने वातावरण हुने हो भने देशको विकास दिन दुईगुणा रात चारगुणा हुने निश्चीत भएको बताउनुभयो । कार्यक्रममा विशेष अतिथि प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले युवामा लगानी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले देश निमार्णका महत्वपूर्ण खम्बा युवा भएकाले युवालाई सहि ठाउँमा लगाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा खाडाचक्र नगरपालिकाका प्रवक्ता पुष्पराज गिरी, वडाध्यक्ष पत्रकार महासंघ कालीकोटका अध्यक्ष तुलाराम पाण्डे लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!